डोटी । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई मात्र थाहा भएको दाबी गरेका छन् । "/>

कांग्रेस नेता बलायरको दाबी, ‘निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा भएको हो’

कांग्रेस नेता बलायरको दाबी, ‘निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा भएको हो’

केन्द्रबिन्दु
0
Shares

डोटी । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई मात्र थाहा भएको दाबी गरेका छन् । पूर्वमन्त्री समेत रहेका नेता बलायरले निर्मलाको हत्याबारे रोशनी बम र उनको दिदीलाई मात्र जानकारी भएको दाबी गरेका हुन् ।

बम दिदीबहिनीबाट निर्मलाको हत्याकाण्डबारे सबै खुल्ने बनाए । डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका नेता बलायरले भने, ‘यदि निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारेको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन ।’

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरु कसैलाई थाहा नभएको दाबी गरे । उनले भने, ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’

रोशनीले आफैंले बोलाएर लैजानु, आमा खोज्दा जाँदा तेरो छोरी पोइल गर्इहोली भन्नु, साइकल भेटिएपछि शव पनि भेटिन्छ भन्नुले पनि बम परिवारबाट नै घटना पत्ता लाग्ने उनको दाबी छ ।

नेता बलायरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बलात्कारी र हत्यारालाई बचाउन खोजेको आरोप लगाए । आफूले निर्मला हत्या काण्डको विषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा गरेको बताउँदै उनले भने ‘त्यतिबेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो त ?’

 

Logo