चितवन । चितवनमा फेसबुकमा लाईभ देखाउँदै एक युवकले आत्म हत्या गरेका छन् । लामो समयदेखि लागूऔषधको दुव्र्यसनी रहेका चितवन कालिका नगरपालिका २६ वर्षीय निश्चल तामाङले गएराति फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका हुन् । "/>

फेसबुकमा लाइभ देखाउँदै चितवनका एक युवकले आत्महत्या गरे

फेसबुकमा लाइभ देखाउँदै चितवनका एक युवकले आत्महत्या गरे

केन्द्रबिन्दु
0
Shares

चितवन । चितवनमा फेसबुकमा लाईभ देखाउँदै एक युवकले आत्म हत्या गरेका छन् । लामो समयदेखि लागूऔषधको दुव्र्यसनी रहेका चितवन कालिका नगरपालिका २६ वर्षीय निश्चल तामाङले गएराति फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका हुन् ।

राति साढे नौ बजे फेसबुकमा आत्महत्या गर्ने घोषणा गरेका निश्चलले बिहान साढे १ बजेतिर आत्महत्या गरेका हुन् । निश्चलले आत्महत्या गर्दासम्म सयौँले लाइभ हेरिरेहका थिए । मेन्स रुम रिलोडेड जस्ता अनेकौँ फेसबुक ग्रुपहरुमा उनलाई बचाउन, प्रहरीलाई फोन गर्न, आफन्तलाई फोन गर्न आग्रह गरिएको थियो । फोन पनि गरिएको थियो । फेसबुकमा रिपोर्ट पनि गरिउको थियो । तर सबै प्रयास असफल भए । अन्ततः उनले आत्महत्या गरेका हुन् ।

बिहान करिब १ बजेतिर बुबा जीवनले छोराको कोठामा गएर हेर्दा निश्चल झुन्डिएको अवस्थामा परेका थिए । छोराको उद्धारको लागी बाबु जीवनलाई राति धेरै पटक फोन पनि आएको थियो । तर मस्त निद्रामा रहेका जीवनले फोन आएको थाहा पाएनन् ।

निश्चलको रुममा गएर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । करिब १ बजेतिर उसको साथीले छोराको कोठामा गएर हेर्नु त अंकल भनेर कराएपछि मात्र थाहा पाएका जीवनले छोरालाई झुण्डिएको अवस्थामा देखेका हुन् ।

आइतबार राति साढे नौ बजे उनले फेसबुकमा अङ्ग्रेजीमा लेखे, ‘धेरै गम्भीर कुरा हुँदैछ। म राति १२ बजे लाइभ आउँदैछु, कृपया मेरो लाइभ रेकर्ड गर्नुस्।‘ त्यो सांकेतिक स्टायटसमा कसैको कमेन्ट थिएन।

राति १० बजेर १३ मिनेटमा उनले स्पष्ट रुपमै लेखे, ‘तपाईँहरुमध्ये कति जना लाइभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ ?’ यसमा भने उनका फेसबुक साथीहरुले आफ्नै पाराले सम्झाउन खोजेको कमेन्टहरु थिए ।

आत्महत्याको संकेत गर्ने स्टायटस लेखेलगत्तै उनले थप तीन वटा स्टायटस लेखे,
समयः १२ बजे,
प्रतीक्षा गर्नुस्
लाइभ रेकर्ड गर्न तपाईँहरु नबिर्सनुस् है।

त्यस्तै राति ११ बजेर ४७ मिनेटमा उनी लाइभमा आउँछन्। ह्विस्की खाँदै उनी लाइभमा बोलिरहन्छन्। लाइभ भिडियो काटिन्छ। मध्यरात १२ बजेर १३ मिनेटमा उनी लाइभमा आउँछन्। मेरी आमाको यो स्कार्फले झुण्डिएर मर्छु भन्दै देखाउँछन्। डेढ मिनेटजति पछि फेरि लाइभ काटिन्छ।

लाइभ हेरिरहेकाहरुले गरेको कमेन्टमा जवाफ फर्काउँदै उनी भन्छन्, ‘मेरो समस्या तपाईँहरुले सोचे जस्तो छैन। मर्नु नै मेरो समाधान हो। मेरो मम्मी सुतिसक्नु भएकोले यो निर्णय गर्दैछु। भिडियो लाइभ भइरहँदा कोही आएको जस्तो देखिन्छ। निश्चलको जवाफ हुन्छ, ‘तपाईँ आरामले सुत्नु दुई घण्टापछि तपाईँलाई कहिले पनि डिस्टर्ब हुने छैन।‘

राति १२ बजेर २२ मिनेटमा उनी लाइभमा आउँछन् र झण्डै १७ मिनेट कुरा गर्छन्। लाइभ काटिन्छ। त्यसलगत्तै फेरि लाइभमा आउँछन्। लाइभमा देखाएरै उनी टेबलमा चढ्छन् र स्कार्फको पासो आफ्नो घाँटीमा लगाउँछन्। अनि झुण्डिन्छन्। लगत्तै लाइभ भिडियो काटिन्छ।

फेसबुकले झुण्डिएको अन्तिम भिडियो भने उनको प्रोफाइलबाट हटाइसकेको छ।

 

Logo