काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा अनुसन्धानको सिलसिलामा निलम्बित एसपी डिल्लीराज विष्टको दुई ठाउँमा डिएनए परीक्षण गरिएको नेपाल प्रहरीले जनाएको छ । "/>

निलम्बित एसपी विष्टको डिएनए परीक्षणबारे अर्को रहस्य

निलम्बित एसपी विष्टको डिएनए परीक्षणबारे अर्को रहस्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा अनुसन्धानको सिलसिलामा निलम्बित एसपी डिल्लीराज विष्टको दुई ठाउँमा डिएनए परीक्षण गरिएको नेपाल प्रहरीले जनाएको छ ।

डिएनए रिपोर्ट नमिलेपछि प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा मात्र परीक्षण गरिएको भन्दै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालय विज्ञप्ती नै प्रकाशित गरेर दुई ठाउँमा परीक्षण गरिएको प्रष्ट पारेको हो ।

एसपी विष्टसहित उनका छोरा किरणराज विष्ट र स्थानीय आयुष विष्टबाट संकलित नुमना प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा मात्र नभई विज्ञान तथा प्रविधि मन्त्रालय मातहत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि परीक्षण गरिएको जनाएको हो ।

‘एसपी विष्ट, निजका छोरा किरणराज विष्ट र स्थानीय आयुष विष्टबाट संकलित नमुना विज्ञान तथा प्रविधि मन्त्रालय मातहत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रिय बिधि बिज्ञान प्रयोशालामा समेत परीक्षण गरिएको थियो ।’ प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Logo