काडमाडौं । यतिबेला दिनप्रतिदिन बलात्कारका घटना घटिरहेका छन् । त्यो पनि बढिगरेर आफ्नैबाट बलात्कृत भईरहेका छन् । दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवा पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हजुर बुवालाई पक्राउ गरेको हो । करणी अभियोगमा लागेका व्यक्ति बालिकाको कान्छो हजुरबुवा हुन् । उनले ललाई फकाई पहिलेदेखि नै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।
त्यस्तै ओखलढुंगामा आफ्नै १३ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । सुनकोशी गाउँपालिकामा छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।
गत शुक्रबार बेलुका घरमा छोरीलाई जबरजस्ती करणी गरेर भागेका ३५ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरी निरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया