बाजुरा

बाजुराका जनकराज गिरी सुदूरपश्चिम प्रदेशकै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । "/>

गरिब सूचीमा पूर्वमन्त्री देखि जागिरेसम्म : गरिब पहिचानमा चरम बेथिति !

गरिब सूचीमा पूर्वमन्त्री देखि जागिरेसम्म : गरिब पहिचानमा चरम बेथिति !

केन्द्रबिन्दु
0
Shares

बाजुरा

बाजुराका जनकराज गिरी सुदूरपश्चिम प्रदेशकै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । उनी २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद पदमा निर्वाचित र २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भूमिसुधार सहायकमन्त्री थिए ।

उनको नाम गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सूचीमा ‘अति गरिब’ मा क्रम संख्या २,६६,२४० मा सूचीकृत छ । गिरी राजनीतिमा आउनु अघि स्वामीकार्तिक माविका स्थायी शिक्षक थिए । यसबारे गिरीले आफूूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘आमा मात्रै घरमा भएका बेला नाम संकलन गरिएछ । मलाई केही थाहा छैन ।’

क्रम संख्या २,६९,५५६ मा सूचीकृत अजबहादुर मल्ल तत्कालीन नेकपा एमालेबाट दुईपटक जिल्ला विकास समिति सदस्य भइसकेका व्यक्ति हुन् । उनी गएको स्थानीय तह निर्वाचनमा हिमाली गाउँपालिका अध्यक्षमा उठेर पराजित भएका थिए ।

मल्लले सदरमुकाम मार्तडीमा दाजुभाइ ग्रिल उद्योग सञ्चालन गरेका छन् । मल्लको स्वामीकार्तिक मानसरोवर यातायात प्रालिमा आबद्धता छ । उनले गरिबको सूचीमा आफ्नो नाम समावेश भएकोबारे गिरीले जस्तै ‘आफूलाई केही जानकारी नभएको’ बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माका बुबा नरवीर विश्वकर्मा पूर्वशिक्षक हुन् । बूढीनन्दा नगरपालिका–५, काल्सिलका नरवीरको नाम मध्यम गरिबमा क्रम संख्या २,१६,०२० मा सूचीकृृत छ । यसबारे डा. विश्वकर्मासँग प्रश्न गर्दा उनको भनाइ थियो, ‘मलाई केही जानकारी छैन । त्यस्तो भए सूचीबाट हटाउन लगाउँछु ।’

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले वितरण गर्न तयार पारेको गरिब परिचयपत्रको सूचीमा यस्ता थुप्रै विसंगति भेटिएका छन् । सुविधा पाउने लोभमा गाउँका नेता, कर्मचारी र टाठाबाठा सबैले आफूलाई गरिबको सूचीमा राखेको पाइएको छ ।

यति सम्म की महिनामा २०/२५ हजार रुपैयाँ कमाउने कर्मचारी, शिक्षक, प्रशस्त सम्पत्ति भएका नेता देखि सहरमा घरघडेरी भएका गाउँका धनाढ्य समेतले आफूलाई वर्षमा १९ हजार रुपैयाँ खर्च गर्न नसक्ने गरिब परिवारमा राखेका छन् । गरिबको सूचीमा समावेश भएका ‘धनी’हरू भने एउटै जवाफ दिन्छन्, ‘थाहै भएन, नाम कसरी लेखियो ?’ अधिकांश वास्तविक गरिबको भने यो सूचीमा नाम नै छैन । भएकाहरूलाई पनि वर्गीकरणमा कम गरिबको सूचीमा पारिएको छ ।

पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी अति गरिबको सूचीमा छन् भने उनकै खेतबारी जोतेर गुजारा गर्ने राजित विक सूचीमै परेनन् । सुदूरपश्चिममा चरम गरिबी भोगिरहेका राजित हलिया समुदायका सदस्य हुन् ।
राजधानीबाट

Logo