काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार भएको छ । "/>

निर्मला प्रकरणः छानबिन समितिका सदस्य विरेन्द्र केसीमाथि हमला

निर्मला प्रकरणः छानबिन समितिका सदस्य विरेन्द्र केसीमाथि हमला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट आजै धनगढी पुगेका केसी चढेको बा २१ ज ९७०३ नम्बरको गाडिमा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको हो ढुंगा प्रहारबाट गाडिको पछाडिपट्टीको सिसा फुटेको छ ।

धनगढी विमानस्थलबाट गाडी चढेर निस्किएका केसी चढेको गाडिमा केही अगाडि पुग्ने विक्तिकै एक्कासी ढुंगा प्रहार भएको हो । ढुंगा लागेर केसीको टाउकोमा समेत सामान्य चोट लागेको छ ।

गाडीमा केसी सहित एक जना कानुन अधिकृत र चालक थिए । कैलालीका एसपी बिनोद घिमिरेले पनि केसी चढेको गाडीमा ढुंगा प्रहार भएको र उक्त घटनामा संलग्न रहेको आशंकामा पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए ।

केसीले निर्मला काण्डमा छानविनप्रति विमति राख्दै राजीनामा दिएका थिए । पछि गृहमन्त्रालयसँग छलफल भएपछि उनी पुनः काममा फर्किएका थिए । उनले राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाको छानबिन गर्ने क्रममा आफ्नो हत्या हुन सक्ने भन्दै जीवनरक्षाको माग गरेका थिए ।

 

Logo