काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित निर्मला पन्तका हत्यारा भेटिन १२ वर्ष पनि लाग्न सक्ने बताएका छन् । हाल संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकातिर रहेका प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न लामो समय पनि लाग्न सक्ने बताएका हुन् । "/>

अमेरिकाबाटै प्रधानमन्त्रीले भने, ‘निर्मलाका हत्यारा भेटिन १२ वर्ष पनि लाग्न सक्छ’

अमेरिकाबाटै प्रधानमन्त्रीले भने, ‘निर्मलाका हत्यारा भेटिन १२ वर्ष पनि लाग्न सक्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित निर्मला पन्तका हत्यारा भेटिन १२ वर्ष पनि लाग्न सक्ने बताएका छन् । हाल संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकातिर रहेका प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न लामो समय पनि लाग्न सक्ने बताएका हुन् ।

अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मलाका हत्या जति ढिलो भएपनि पत्ता लाग्ने दाबी गरे । प्रधानमन्त्री ओलीले बलात्कार र हत्या जस्ता जघन्य अपराधमा अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन ।’

कुनै कुनै ठाउँमा घटनामा संलग्नलाई ढाकछोप गर्न प्रयास हुनेगरेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोही-कोही ठाउँमा हुन सक्छ, कसैको संगग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ । सबै ठाउँमा पत्ता नलागेको छैन । नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ । १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन् । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दारहेछन् ।’

केही अपराधी १२ वर्षपछि पत्ता लाग्न सक्ने भन्दै ओलीले भने, ‘अर्थात् १२ वर्ष त पत्ता लागेको थिएन नि त । कहिले कहिले १२ वर्ष पछि पनि पत्ता लाग्दोरहेन छ अपराध । अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ । तर, के सरकार अपराध ढाक्न लागेको छ ? के अपराधी जोगाउन लागेको छ ? त्यस्तो लागेको छैन । कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शत प्रतिसत मान्छे ठीकै छ भन्न सकिन्न होला । त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ । तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ ।’

Logo