काठमाडौं । चर्चित निर्मता पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण रिपोर्ट आएको छ । "/>

निर्मला प्रकरणमा मुछिएका एसपी विष्ट र उनका छोराको डिएनए मिलेन

निर्मला प्रकरणमा मुछिएका एसपी विष्ट र उनका छोराको डिएनए मिलेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित निर्मता पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण रिपोर्ट आएको छ । एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको रिपोर्ट नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

रिपोर्ट अनुसार तीनै जनाको डिएनए मेल नखाएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘तीनै जनाको रिपोर्ट आएको छ। तर, मेल खाएन।’

आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना थप रहस्यमय बनेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि टोलीसमेत गठन गरेको थियो ।

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक डा. हरिहर वस्तीसहितको टोलीले डिएनए परीक्षण गरेको थियो। यसअघि प्रहरीले मुख्य अभियुक्‍त भनेर सार्वजनिक गरेको दिलीपसि‌ंह विष्टको पनि डिएनए परीक्षण मिलेको थिएन।

Logo