दाङ

वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । "/>

घर पोत्ने माटोकै कारण दशैं मनाउने रहर शोकमा बदलियो

घर पोत्ने माटोकै कारण दशैं मनाउने रहर शोकमा बदलियो

केन्द्रबिन्दु
0
Shares

दाङ

वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबेरै घर रंगाउने माटो खन्न हिँडे ।

दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले उनीहरु त्यसैतर्फ लागे । माटो खनेर फर्कने समय भए पनि छोरी, बुहारी र नातिनी नफर्केपछि शिवचरणको मनमा चिसो पसिसकेको थियो– कुनै दुर्घटना त भएन । निनाको सानो चार वर्षीय छोराले आमा खोज्न थालिसकेको थियो तर उनीहरु फर्केनन् । केहीबेरमै उनीहरु माटो खन्ने क्रममा पुरिएको खबर आयो । गाउँलेहरु पुग्दासम्म उनीहरुको निधन भइसकेको थियो ।

दशैंको स्वागत गर्ने तयारी स्वरुप घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको एकैसाथ मृत्यु भएपछि अहिले मौरीघाट शोकमा डुबेको छ । घटना लगत्तै बेहोस भएका शिवचरण र उनकी श्रीमती लामो समयपछि होसमा आए पनि परिवारसहित सिंगो गाउँ शोकमा डुबेको छ ।

मृतक मध्ये शेमकुमारी शिवचरणकी ३० वर्षीया छोरी हुन्, जो अहिलेसम्म विवाह नगरेर आफ्नो व्यक्तित्व विकास र बाबुआमाको सेवामै थिइन् । प्राविधिक शिक्षा अध्ययन गरेर स्थानीय जनहित युवा क्लबमा कोषाध्यक्ष रहेकी उनी सामाजिक काममा पनि सक्रिय थिइन् । अर्की मृतक ३५ वर्षीया निना चौधरी शिवचरणकी कान्छी बुहारी हुन्, उनका श्रीमान सुवासचन्द्र चौधरी वैदेशिक रोजगारीमा छन् । निनाका चार वर्षीय छोरा छन् ।

यो घटनामा ज्यान गुमाउने १२ वर्षीया रोजिना चौधरी शिवचरणका माइला छोरा राजकुमारीकी छोरी हुन् । यसअघि पटकपटक घटना भएकाले स्थानीयले सचेत गराउँदा गराउँदै पनि राम्रो माटो हुने भएकाले धेरै मान्छे माटो लिन जाने गरको स्थानीय दयाराम चौधरीले जानकारी दिए । यसअघि पनि पटकपटक यो ठाउँमा घटना भएको थियो । पाँच वर्ष अघि पनि माटो खन्ने क्रममा कमला मल्लको निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।
नेपाल समाचारपत्रबाट

Logo