काठमाडौं । चर्चित निर्मला पन्त काण्डमा तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । जिल्ला अदालत कञ्चनपुरले एसपी विष्टसहित ३ जनाको डीएनए परीक्षण गराउन मौखिक आदेश दिएपछि उनीहरुको डीएनए परीक्षण गरिएको थियो । "/>

निर्मला पन्त काण्ड: डिल्लीराज बिष्टको डीएनए रिपोर्ट आयो

निर्मला पन्त काण्ड: डिल्लीराज बिष्टको डीएनए रिपोर्ट आयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित निर्मला पन्त काण्डमा तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । जिल्ला अदालत कञ्चनपुरले एसपी विष्टसहित ३ जनाको डीएनए परीक्षण गराउन मौखिक आदेश दिएपछि उनीहरुको डीएनए परीक्षण गरिएको थियो ।

प्रहरीले निलम्बित एसपी बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुशको पनि डीएनए परीक्षण गरिएको हो । उनीहरु सबैको रिपोर्ट आईसकेको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए । ‘तीनै विष्टको डीएनए रिपोर्ट शुक्रबार आईपुगेको छ । अब सरकारी वकीलसँग परामर्श गरेर अदालतमा पेश गर्छौ’ एसपी कडायतले भने ।

आईतबार सरकारी वकीलसँग परामर्श गरेर अदालतमा पेश गरिने एसपी कडायतले बताए । तिनै जनाको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डीएनए परीक्षण गरिएको हो ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका थिए । त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् ।

साउन १० गते रोशनीको घर गएकी निर्मलाको साउन ११ गते विहान उल्टाखाम र निम्बुखेडाको सीमा क्षेत्र नजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

लामो समयसम्म पनि घटनाका दोषी पत्ता लाग्न सकेको छैन् । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट लगायतको अनुसन्धानमा खटिएको टोलीले सबै प्रमाण नष्ट गरिसकेका छन् ।

जसका कारण पनि प्रहरी अपराधीसम्म पुग्न सकिरहेको छैन् । यतिबेला एसपी बिष्टसहित प्रहरी अधिकारीहरु निलम्बित छन् । उनीहरुमाथी एआईजीपी धीरु बस्नेतको नेतृत्वमा गठन गरिएको समितिले अनुसन्धान गरिरहेको छ ।

 

Logo