मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्द निरौलालाई छाड्न उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत बिराटनगरले पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको हो । "/>

३८ क्वीन्टल सुन तस्करीका पूर्वडिआईजी गोविन्द निरौला पनि छुटे

३८ क्वीन्टल सुन तस्करीका पूर्वडिआईजी गोविन्द निरौला पनि छुटे

केन्द्रबिन्दु
0
Shares

मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्द निरौलालाई छाड्न उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत बिराटनगरले पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको हो ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । २९ चैत ०७४ मा अवकाश पाएका निरौलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा रहँदा गोरे समूहलार्इ सुन तस्करीमा सघाएको दाबी गरिएको थियो ।

अनुसन्धान समितिको छानबिनका क्रममा उनले सुन तस्करी गर्ने गिरोहसँग निरन्तर सम्पर्क गरेको समेत खुलेको थियो । त्यसक्रममा समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको दाबी गरेको थियो । त्यहाँ सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम, भरियाको नाम र प्रहरीलार्इ बुझाइएको रकम समेत उल्लेख भएको जनाइएको थियो ।

तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ लिएको रजिष्टरमा उल्लेख गरिएको थियो । यसअघि उच्च अदालतको आदेशले एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, एसपी विकासराज खनाल लगायतलार्इ पनि छाड्ने आदेश दिइसकेको छ ।

Logo