हेटौंडा । दिनप्रतिदिन महिलालाई जबर्जस्ती करणी गरेका घटना सार्वजनिक भईरहेका बेला हेटौंडामा भने एक पुरुष बलात्कृत भएका छन् । "/>

पुरुषद्वारा पुरुष नै बलात्कृत, प्रहरीले घटना गाउँमै मिलायो

पुरुषद्वारा पुरुष नै बलात्कृत, प्रहरीले घटना गाउँमै मिलायो

केन्द्रबिन्दु
0
Shares

हेटौंडा । दिनप्रतिदिन महिलालाई जबर्जस्ती करणी गरेका घटना सार्वजनिक भईरहेका बेला हेटौंडामा भने एक पुरुष बलात्कृत भएका छन् । त्यो पनि पुरुषबाटै बलात्कृत भएका हुन् । एक ३० वर्षका सुस्त मनस्थिति भएका युवालाई जर्बजस्ती करणी गरेको आरोप प्रहरीले ६० वर्षीय केशव सिंखडालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–८ कमानेका सिंखडालाई स्थानीय आमा समुहले मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा समेत गराएका थिए । महिलाहरुले सिंखडालाई गाउँ परिक्रमा गराउँदै गर्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई पक्राउ गरेको हो । मनकामना चोक नजिक बारीमा ती युवकलाई यौन दुब्र्यवहार गरेको स्थानीय दुईजना महिलाले देखेपछि घटना सार्वजनिक भएको थियो ।

‘महिलाले देखेपछि तुरुन्त होहल्ला भयो । तर रात परिसकेकोले त्यो दिन हामीले केही गर्न सकेनौं’, एक महिलाले भनिन्, ‘आज बिहान चोकमा उपस्थिति महिलाहरुले सिम्खडालाई मोसो दलेर घुमाउँदै गर्दा प्रहरीले लिएर गएको थियो तर दिनभर दुबै पक्षबीच छलफल गराएर सहमतिपछि प्रहरीले छाडेको छाडेको छ ।’

पीडिकले माफी माग्नुका साथै गाउँका सबै प्रहरी चौकीमा आएर एक पटकलाई माफी दिन भनेपछि सहमति गरेका हुन् । ईलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले गाउँलेहरुबीच सहमति भएपछि सिंखडालाई छाडिएको बताए । घटना सामान्य भएको र सिम्खडाबाट कोही बलात्कृत भएको नपाइएका कारण छाडिएको रायमाझीले दाबी गरे । 

फौजदारी संहिताको दफा दुईसय २४ मा यौन दुब्र्यवहारसम्बन्धी कसुरमा पीडकलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानूनी प्रावधान रहेको छ । फौजदारी संहिताकै दफा दुईसय २६ मा अप्रकृतिक मैथुनसम्बन्धी कुसरमा तीन वर्षसम्म कैद र ३० हजार जरिवानासँगै दुवै कसुरमा पीडितलाई मनासिव क्षतिपूर्ति दिलाउने व्यवस्था छ ।

File Photo 

Logo