धादिङ

बुहारी बलात्कार गरेको आरोपमा २ जना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको थाक्रे गाउँपालिका –११ कि २२ वर्षीय बुहारीलाई बारम्बार बलात्कार गर्ने जेठाजूहरू पक्राउ परेका हुन् । "/>

बुहारीलाई बलात्कार गरेको आरोपमा २ जना जेठाजु पक्राउ

बुहारीलाई बलात्कार गरेको आरोपमा २ जना जेठाजु पक्राउ

केन्द्रबिन्दु
0
Shares

धादिङ

बुहारी बलात्कार गरेको आरोपमा २ जना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको थाक्रे गाउँपालिका –११ कि २२ वर्षीय बुहारीलाई बारम्बार बलात्कार गर्ने जेठाजूहरू पक्राउ परेका हुन् ।

३५ वर्षीय र २९ वर्षीय दुई जना जेठाजुले आफूलाई बलात्कार गरेको उजुरी पीडितले गरेपछि धादिङ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो । पीडितलाई २ वर्ष अघि देखि बारम्बार बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् ।

अन्तिम पटक जेठो जेठाजुले ०७५ साउन २८ गते र माइलो जेठाजुले ०७५ असोज ५ गते बलात्कार गरेको पीडितले प्रहरीमा बताएकी छिन् । पीडितले आफूलाई होटलमा लगेर समेत बलात्कार गर्ने गरेको बताएकी छिन् । पटक–पटक घटना भएको र आरोपिहरूले अरु मानिसलाई समेत बलात्कार गर्न पठाएपछि आफूले सहन नसकेर न्याय लिन आएको बताएकी छिन् ।

जेठाजुहरूले एकजना नचिनेको मानिसलाई समेत बलात्कारका लागि पठाएको पीडितको आरोप छ । आरोपितलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए ।
नागरिकबाट

Logo