काठमाडौं । चर्चित निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा नयाँ नयाँ रहस्य पत्ता लाग्ने क्रम जारी छ । सुरुमा अनुसन्धानमा खटिएका सम्पूर्ण प्रहरी अधिकारी निलम्बनमा परेका छन् । "/>

भारतबाट १२ गते आईपुगेका निर्मलाका बाबुको ११ गते नै औठाछाप

भारतबाट १२ गते आईपुगेका निर्मलाका बाबुको ११ गते नै औठाछाप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा नयाँ नयाँ रहस्य पत्ता लाग्ने क्रम जारी छ । सुरुमा अनुसन्धानमा खटिएका सम्पूर्ण प्रहरी अधिकारी निलम्बनमा परेका छन् । ति प्रहरी अधिकारीहरुले कति सम्मको गरेका रहेछन भन्ने कुरा गृहमन्त्रीले नै खोलेका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले रामबहादुर थापाले अनुसन्धानमा खटिएको प्रहरीले गम्भीर गल्ती गरेको स्वीकार गरेका छन् । एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले घटना भएपछि प्रहरीले प्रमाण मेटाउन कुन हदसम्म काम गरेको भन्ने प्रष्ट्याएका हुन् ।

प्रहरीले निर्मलाका बुवा यज्ञराजको फर्जी औठाछाप गराएको गृहमन्त्रीले बताए । निर्मालको शव गत साउन ११ गते भेटिएको थियो। सोही दिन प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बुवाको ‌औठाछाप लगाइएको छ। तर, निर्मलाका बुवा भने १२ गतेमात्र भारतबाट नेपाल फर्किएका थिए ।

गृहमन्त्री थापाले भने, ‘११ गते मुचुल्का उठाइएको छ। जसमा बुवाको औठा छापसमेत छ । बुवा १२ गते मात्र भारतबाट आएका हुन्। निर्मलाले लगाएका लुगासमेत खोलेर जलाइएको भेटियो। अनुसन्धानमा प्रहरीले मनपरी गरेको छ।’

 

Logo