कञ्चनपुर । गत साउन १० गत साथीको घरमा होमवर्क गर्न गएकी निर्मला पन्त ११ गते बिहान मृत अवस्थामा फेला परिन् । "/>

निम्बुखेडाबाट हराएकी निर्मलालाई रातभर उल्टाखाममा किन खोजियो ?

निम्बुखेडाबाट हराएकी निर्मलालाई रातभर उल्टाखाममा किन खोजियो ?

केन्द्रबिन्दु
0
Shares

 

कञ्चनपुर । गत साउन १० गत साथीको घरमा होमवर्क गर्न गएकी निर्मला पन्त ११ गते बिहान मृत अवस्थामा फेला परिन् । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला राति अवेरसम्म पनि घर नफर्किएपछि घरपरिवारले खोज तलास सुरु गरेका थिए ।

निम्बुखेडामा रहेको साथी रोशनी बमको घरमा गएकी छोरी हराएपछि निर्मलाकी आमा दुर्गासहित गाउँलेले उल्टाखाम क्षेत्रमै खोजेका थिए । रोशनीको घरमा गएर निर्मला कहाँ गई भनेर प्रश्न गर्दा रोशनी र उनकी दिदिले रुखो जवाफ दिएका थिए ।

‘तेरो छोरी पोईल गै होली’ भन्दै बम दिदिबहिनीले जवाफ दिएपछि उनीहरुले प्रहरीसँग सम्पर्क गरेका थिए । प्रहरीले पनि राति भएकाले आफुहरुको उनीहरुको घरमा जान नसकिने जवाफ दिएका थिए । त्यसपछि आमा दूर्गा, छिमेकीहरु, लक्ष्मण भट्ट, रविन्द्र तिवारी लगायतका स्थानीय उल्टाखाममै खोज्न थाले ।

उनीहरुले उल्टाखाम क्षेत्रमा रहेका निर्मलाका साथीहरुको घरमा पनि सम्पर्क गरेका थिए । शंकाको घेरामा रहेकी रोशनीको घरमा प्रहरी जान नमानेपछि आफुहरु उल्टाखाम क्षेत्रमै मात्र खोज्न थालेको निर्मलाका बाबु यज्ञराज पन्तले जानकारी दिए ।

छोरीको खोजी गर्दै उनीहरु रोशनीको घरमा २ पटक गएका थिए । तर बम दिदिवहिनीले मुल गेट र घरभित्रको ढोका बन्द गरेर ताला लगाएका थिए । आफुहरुलाई ताला तोडेर घरभित्र पस्ने अधिकार नभएको भन्दै प्रहरीलाई राति नै घरमा खानतलासी गरिदिन आग्रह गरिएको थियो । तर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश भट्ट (हाल निलम्बित) ले भोली बिहान मात्रै प्रहरीले बमको घरमा खानतलासी गर्ने बताएका थिए ।

मध्यरातमा सालघारी प्रहरी विटमा छोरी हराएको जानकारी गराएका थिए । सालघारी प्रहरी प्रमुख रामसिंह धामीसहितको टोली खोजतलास गर्न तयार भएर ड्रेस समेत लगाईसकेको थियो । तर जिल्लामा सम्पर्क गरेर नजान भन्ने आदेश आएपछि उनीहरु ब्याक भएको निर्मलाका बाबु यज्ञराजको भनाई छ । प्रहरी चौकीमा आमा दुर्गासँगै स्थानीय ७ जना गएका थिए ।

दोस्रो दिन बिहानै रोशनीको घरमा कहाँबाट आयो प्रहरी ?
साउन ११ गते विहान निर्मलाका आफन्त वडा प्रहरी कार्यालयमा निवेदन दिन गएका थिए । छोरीको फोटो तथा हुलियासहित निवेदन दिएर फर्किदा एकाएक रोशनीको घरको छतमा प्रहरी देखिएका थिए । निर्मलाका बाबुका अनुसार राति जान भन्दा माथिको आदेश भन्दै नगएको प्रहरी दोस्रो दिन विहान एकाएकै रोशनीको घरको छतमा देखिएका हुन् ।
‘निवेदन दिएर फर्किने क्रममा रोशनीको घरको छतमा एकाएक प्रहरी कसरी देखियो ? या त उनीहरु रातिदेखि नै रोशनीको घरमा हुनुपर्छ या त उनीहरु नै हत्यारा हुन् यसको छानविन हुनुपर्‍यो’ यज्ञराजको भनाई छ ।

 

Logo