पोखरा । पोखरामा मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोखरा २२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिक शवको शव फेला परेको थियो । "/>

पोखराकी १० वर्षीया बालिका श्रेयाको बलात्कारपछि हत्या

पोखराकी १० वर्षीया बालिका श्रेयाको बलात्कारपछि हत्या

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखरामा मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोखरा २२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिक शवको शव फेला परेको थियो । प्रहरीले हत्यामा संलग्न छिमेकी २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरेको छ ।

कुसुमसँगै करिब आधा दर्जन व्यक्ति पनि पक्राउ परेका छन् । पौडेलले अभियोग स्वीकार गरेको वडा प्रहरी कार्यालय बैदामाका प्रमुख डीएसपी नवीन कार्कीले जानकारी दिए । तर, अरुमाथि पनि आशंका रहेकाले अनुसन्धान जारी रहेको डीएसपी कार्कीको भनाई छ ।

श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।

 

Logo