कृष्णसिंह धामी/काठमाडौं । पछिल्लो समय प्रहरीले अपहरण घटनालाई गम्भीर रुपमा लिईरहेको छ । केही समय अघि काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीबाटै हत्या गरिएपछि प्रहरीले यस्ता घटनालाई गम्भीर रुपमा लिन लागेको हो । "/>

जब डाक्टरले नै श्रीमतीसँग छुटकारा पाउन अपहरणको नाटक गरे…

जब डाक्टरले नै श्रीमतीसँग छुटकारा पाउन अपहरणको नाटक गरे…

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । पछिल्लो समय प्रहरीले अपहरण घटनालाई गम्भीर रुपमा लिईरहेको छ । केही समय अघि काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीबाटै हत्या गरिएपछि प्रहरीले यस्ता घटनालाई गम्भीर रुपमा लिन लागेको हो । अपहरणमा परेको घटना सार्वजनिक हुनेविक्तिकै प्रहरीले आफ्नो सबै शक्ति प्रयोग गर्दै आईरहेको छ ।

मंगलबार राति प्रहरीलाई यस्तै घटना आयो । मकवानपुर सहकारी असपताल हेटौंडामा कार्यरत डा. सुवास कुमार बनैता अपहरणमा परेको खबर पाएलगत्तै प्रहरी टोली परिचालित भयो । प्रहरी टोलीले अपहहरणमा परेका डा. यादवलाई ३ घण्टामै उद्दार गर्‍यो ।

राति ११ बजे म२प ८२८६ नम्बरको मोटरसाईकल चालक कञ्चनपुरको महेन्द्रनगर घर भएका २६ वर्षीय प्रेम बम र डा. यादवलाई प्रहरीले सर्लाहीको नवलपुरबाट नियन्त्रणमा लिएको हो । डा. यादव अपहरणमा परेको नभई अपहरणमा परेको नाटक मात्रै गरिएको रहेछन् ।

सप्तरी मल्हनिया २ स्थायी तथा सिरहा लाहन नगरपालिका १ मा समेत अस्थायी घर भएका ३५ वर्षीय डा. सुवासले जेठी श्रीमतीसँग छुटकरा पाउन अपहरणको नाटक गरेको पाईएको प्रहरीले जनाएको छ ।

डा. यादवका २ वटा श्रीमती छन् । जेठी श्रीमतीले कान्छी श्रीमतीसँग जान नदिएका कारण अपहरणको नाटक गरिएको र उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ससुराली गएको समयमा पिपलचोक नजिकबाट अन्दाजी ४/५ जनाको संख्यामा आएका मानिसहरुले सेतो रंगको सानो गाडीमा हालेर अपहरण गरेको बताएका थिए । त्यसपछि उनकी जेठी श्रीमती पुनम यादवले श्रीमान अपहरणमा परेको भन्दै प्रहरीमा जानकारी दिएकी थिईन् । अपहरणमा परेको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले ३ घण्टामै पत्ता लगाएर अपहरणको नाटक गरिएको रहस्य समेत खोलेको हो ।

हेटौंडामा पारिवारिक समस्या रहेको र कान्छी श्रीमतीलाई भेट्न जान नदिएपछि यस्तो नाटक गरिएको उनले प्रहरीमा दिएको प्रारम्भिक बयानमा बताएका छन् । अर्को महिलासँग सम्बन्ध भएकाले डा. यादवलाई जेठी श्रीमतीले एक महिना अगाडिदेखि उक्त समस्या समाधानको लागि लहानमा ल्याई राखेकी थिईन् ।

Logo