ओखलढुंगा

ओखलढुंगाको मोलुङ गाउँपालिका २ रामपुरमा पाँच वर्षमा ८२ जना बालबालिकाले विवाह गरेका छन् । "/>

एउटै वडाका ८२ जनाको बालविवाह !

एउटै वडाका ८२ जनाको बालविवाह !

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगा

ओखलढुंगाको मोलुङ गाउँपालिका २ रामपुरमा पाँच वर्षमा ८२ जना बालबालिकाले विवाह गरेका छन् । गैर सरकारी ऐक्यवद्धता पैरवी परियोजनाले गरेको एक अध्ययानले यस्तो देखाएको हो ।

मोलुङ २ का पाँच सय ३५ घरमा गरिएको अध्ययनबाट ८२ दम्पतीले उमेर नपुग्दै विवाह गरेको पाईएको परियोजनाका सहजकर्ता रमा कार्कीले जानकारी दिइन् । उनका अनुसार १३ देखि १८ वर्ष सम्म विवाह गर्नेको संख्या बढी छ ।

स्थानीय सरकारले बालविवाह न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिरहेको छ । विद्यालयमा हाजिरी जवाफ, समुदायमा सडक नाटक र सरोकारवालाबीच अन्तरक्रिया गर्ने गरिएको सहजकर्ता कार्कीले बताइन् । गाउँपालिकाले पनि कुरिती विरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको मोलुङ गाउँपालिका ओखलढुंगाले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Logo