काठमाडौं । वर्षमा एक पटक आउने पितृपक्ष एउटा यस्तो चरण हो । जुन हिन्दू धर्मका मानिसहरुले आफ्नो पितृहरुको सम्मानको लागि गरिने पूजा हो, जसलाई हामी श्राद्ध भन्छौ । "/>

श्राद्धः पितृको सम्मान या भौतिक सुखको खोजी

श्राद्धः पितृको सम्मान या भौतिक सुखको खोजी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वर्षमा एक पटक आउने पितृपक्ष एउटा यस्तो चरण हो । जुन हिन्दू धर्मका मानिसहरुले आफ्नो पितृहरुको सम्मानको लागि गरिने पूजा हो, जसलाई हामी श्राद्ध भन्छौ । खासमा यो आफ्नो पितृहरुको सम्झनामा याद गरिने एउटा अवसर हो । तर प्राचिनकालबाट धर्मको ठेकेदारहरुले यसको दुरुपयोग गरिरहेका छन् ।

हामीले बच्चादेखी नै देख्दै आइरहेका छौ । यस दिन धेरै प्रकारको स्वादिष्ट परिकार बन्ने गर्छ । र ती परिकारहरु र पानी कुनै खास पातमा सजाएर सफा ठाँउमा राखिन्छ या घरको छतका राखिन्छ । भनिन्छ, कि ति परिकार पितृलाई चढाइएको हो, उनीहरुको आत्माको शान्तिको लागि हो । जबकी ती अब यो संसारमा छैनन् ।

भनिन्छ, यस दिन धर्तीमा पितृ आउँछन र श्राद्धको रुपमा ती परिकारहरु ग्रहण गर्छन् । तब उनीहरुको आत्माले शान्ति पाउछन् । नत्र, त्यो वर्ष पुरै घरमा अशान्ति हुन्छ । यो हाम्रो हजारौ बर्ष पुरानो परम्परा हो ।

के हो श्राद्ध ?
श्राद्धको अर्थ आफ्नो परिवार, भगवान र वंशपरम्परा प्रति श्रद्धा व्यक्त गर्नु हो । यसमा एक प्रकारको पूजा गरिन्छ । जसमा पितृको आत्माको शान्तिको लागि खाना र पानी अर्पित गरिन्छ । ब्राम्हणलाई भोज, दान दिने र पूजापाठ इत्यादि गरिन्छ ।

ब्राम्हणको अनुसार–‘एक उचित समय, स्थान र पात्रले आफ्नो पितृको लागि विधिपूर्वक जुन कर्म गरिन्छ, त्यसलाई श्राद्ध भनिन्छ ।’ मृत्युपश्चात पनि मानिसको आत्मा मर्दैन । कर्मको आधारमा आत्माको देव योनी र मनुष्य योनी प्राप्त हुन्छ ।

राम्रो कर्म गरे मोक्ष प्राप्त गर्न लागेको आत्माको स्वर्गमा बास हुन्छ । भने कुनै आत्मा आफ्नो इच्छाको घेरामा फसेको हुन्छ, जसबाट बाहिर आउनको लागि धेरै समय लाग्छ । जब आत्मा वायुरुपमा पृथ्वीको आसपास भट्किरहेको हुन्छ । यदि यस्तोमा त्यो मानिसको श्राद्ध गरिएन भने उसको आत्माले मुक्ति पाउदैन । हिन्दु पुराणमा पितृऋणको सबैभन्दा ठुलो ऋण बताइएको छ । जसबाट मुक्ति पाउनको लागि श्राद्ध गरिन्छ ।

धर्मको ठेकेदारहरुको तर्कः
सदियौँबाट पुजारीहरुले आफ्नो बुद्धिको प्रयोग गरेर स्वंयलाई देवता एवंम पुजनीय बताउदैँ उनीहरुले आफ्नो सेवा गराँउदै आएका छन् । उनीहरुको अनुसार पितृपक्षको दौरान केही समयको लागि यमराजले पितृको मुक्ति गरिदिन्छ ताकी आफ्नो परिवारजनबाट चढाइएको श्राद्ध ग्रहण गर्न सकोस् ।

यसैसमय पितृ ब्राम्हणको शरिरमा वायुरुपमा प्रवेश गर्छ । ब्राम्हणलाई वस्त्र, अन्न, इत्यादी दान दिएमा पितृ खुशी हुन्छ । र आफ्नो वंशजलाई सन्तति, सम्पत्ति, विद्या, स्वर्ग, मोक्ष सबै सुखले भरिपुर्ण गरिदिन्छन् ।

शास्त्रको साहारा लिएर धर्मगुरु र ब्राम्हणहरुले हजारौ वर्षदेखी यी कुराहरु दिमागमा भरिदिएका छन् । उनीहरुको मनमा प्रेत, आत्माको डर पैदा गरिदिएका छन । जसबाट हजारौ वर्ष देखी फाइदा उठाइरहेका छन् ।

विचारहीन समाजमा जागरुकताको कमीः
हामीले दिएको खाना साच्चैँ नै पितृले खान्छन् ? हाम्रो पितृहरुको मृत्युपछि कुन योनीमा जन्म भए ? या ब्राम्हणको भोजन खुवाउँदैमा पितृको पेट भरिन्छ त ? यी प्रश्नको जवाफ कसैसँग पनि छैन् । किनकी धार्मिक कर्मकाण्डको केहि पनि आधार छैन् ।

विज्ञानको अनुसार – जीवको रचना पञ्चतत्व यानि धर्ती, पानी, अग्नि, आकाश र हावाबाट मिलेर बनेको हुन्छ । जो मृत्युपश्चात त्यही विलाएर जान्छ । स्वर्ग नर्क केवल एक कल्पना मात्र हो । तर हिन्दु धर्म अनुसार पितृपक्षको दौरान कुनै पनि शुभ कार्य गर्नुहुँदैन नत्र दुष्परिणाम हुने आशंका हुन्छ ।

एकातिर अशुभ हुनेको डर भने अर्काेतिर सांसरिक सुखको खोजीमा हामीले यी कुरा सहजै अपनाउछौँ । चाहे त्यो खाना कागले नै किन नखाओस् । चाहे ब्राम्हणमा देवताको प्रवेशको कुरा होस । हामी प्रश्न र तर्क गर्नुको सट्टा जस्तो चलिरहेको छ त्यस्तै स्विकार गर्नु उचित सम्झिन्छौ, जुन एक प्रकारको मुखर्ता र अन्धविश्वास हो ।

कुनै पनि कुरा व्यक्तिको निजी कुरा हो तर अन्धश्रद्धा र धर्मको नाममा भइरहेको शोषणले समाजलाई विकसित हुन दिँदैन । पुजारी सन्तानहिनताको मामलामा विशेरुपबाट पितृदोषको जिम्मेवार मानिन्छ र श्राद्ध गराउने नाममा दानको रुपमा ठुलो रकम उठाउँछन ।

यस्ता कुरा हुनुका पछाडि हामीहरुले तर्क नगर्नु नै हो । हामीले हरेक परम्परा र कर्मकाण्डको वहिष्कार गर्नुपर्छ । जुन कुराले मानिसहरुको अलग गरिरहेका छन् र वैज्ञानिक तथ्यलाई नकार्दै हामीले वैचारिक र सामाजिक रुपबाट दास बनाईरहेका छौं ।

Logo