रौतहट । जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न आदेश दिएको छ । भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाएको थियो । "/>

पप्पु कन्स्ट्रक्सनका प्रमुख रौनियारलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

पप्पु कन्स्ट्रक्सनका प्रमुख रौनियारलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

केन्द्रबिन्दु
0
Shares

रौतहट । जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न आदेश दिएको छ । भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाएको थियो । तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ । भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले मुद्दा हालेका थिए ।

२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनुपर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन ।

Logo