नवलपुर । नवलपुरमा एक महिलामाथि एसिड र चक्कु प्रहार भएको छ । एसिड आक्रमणमा परी रौतहटकी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक २७ वर्षीया बसन्ती परियारमाथि एसिड र चक्क प्रहार भएको हो । "/>

‘मेरो जिन्दगी बर्वाद पारिस’ भन्दै अर्काकी श्रीमतीमाथि एसिड र चक्कु प्रहार

‘मेरो जिन्दगी बर्वाद पारिस’ भन्दै अर्काकी श्रीमतीमाथि एसिड र चक्कु प्रहार

केन्द्रबिन्दु
0
Shares

नवलपुर । नवलपुरमा एक महिलामाथि एसिड र चक्कु प्रहार भएको छ । एसिड आक्रमणमा परी रौतहटकी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक २७ वर्षीया बसन्ती परियारमाथि एसिड र चक्क प्रहार भएको हो ।

कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी बसन्तीमाथि ३० वर्षका विमल श्रीपालीले एसिड र चक्क प्रहार गरेका हुन् । बसन्तीको अवस्था गम्भीर रहेको भरतपुर अस्पतालले जनाएको छ । उनको आईसीयूमा उपचार भईरहेको छ । उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको छ ।

शरिरको ३० प्रतिशतभन्दा बढी भाग जलेमा मान्छेको बच्ने सँम्भावना अत्यन्तै कम हुन्छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ । देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको भरतपुर अस्पतालका डाक्टरहरुले बताएका छन् । त्यस्तै देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ ।

प्रेम सम्बन्धपछि विवाह गर्न अस्वीर गर्दा एसिड र चक्कु प्रहारः
चक्कु प्रहार गर्ने र विमला दुवै विवाहित हुन । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । प्रेम सम्बन्धमै रहेका बेला उनीहरु दुवैको अरुसँग नै विवाह भयो । विवाहपछि पनि उनीहरु एकअर्कालाई माया गथ्र्ये । विवाह गरेको केही समयपछि विमल विदेश गए ।

विदेशमा हुँदा पनि बसन्तीसँग फोन सम्पर्क भइरहन्थ्यो । विदेशबाट घर फर्किएपछि पनि उनीहरु सम्बन्धमै रहे । उनीहरुबीच बेला बेला शारीरिक सम्बन्ध पनि भयो । विवाह गर्न भन्दा बिमलाले नमानेपछि बिमल आक्रोशित भए । बिमलासँग सम्बन्धका कारण बिमलको श्रीमती अलग बस्दै आएकी थिईन् ।

उनीहरु सम्बन्ध विच्छेदको तयारीमा थिए । तर बिमलाले बिवाह गर्न तयार भईनन् । अन्ततः उनले आक्रोशमा आएर आफ्नो जिन्दगी वर्वाद गर्ने भन्दै बिमलामाथि एसिड र चक्कु प्रहार गरे । बसन्तीमाथि एसिड प्रहार गर्ने विमललाई प्रहरीले गएराति नै पक्राउ गरेको छ ।

उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका रहेछन् । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलको दाबी छ ।

बिमलले प्रहरीसँगको प्रारम्भिक बयानमा भनेका छन्, ‘रातभर मसँग सुत्ने अनि दिनमा अनेकन वाहना गर्ने । विवाह गरौं भन्दा नमान्ने । आफ्नो जिन्दगी बर्वाद गर्नेलाई त्यसै छोड्दिन भन्दै तीजको दिन भारतबाट एसिड किनेर ल्याएर अनि मौका हेरेर बसेको थिए ।’

बसन्ती परियार र बिमल शिर्पाली छिमेकी हुन् । बसन्तीका एक छोरा र एक छोरी छन् । श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा थिए । उनी हालै मात्र नेपाल फर्किएका छन् ।

आइतबार बसन्तीकी छोरी रितिषा चाउचाउ किन्न जाँदा बिमलले कुटपिट गरे । उनी रुँदै घर फर्किइन् । तर, जिस्काउँदा रोएकी होला भनेर अभिभावकले वास्ता गरेनन् । साँझतिर नजिकैको बजारमा तरकारी किन्न भनेर बसन्ती सँगै बस्दै आएकी मामाकी छोरी अनुलाई लिएर गइन् ।

तरकारी किनेर फर्कंदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याइदिए । उनी अत्तालिएर छट्पटाउन थालिन् । त्यसपछि बिमलले तरकारी काट्ने चक्कुले बसन्तीको अनुहार, छाती, पेटमा जथाभावी छुरा हाने । अनुले छुट्टाउन खोज्दा उनीमाथि पनि चक्कु प्रहार गरे ।

(जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी लिलाराज लामिछानेसँग कुराकानीमा आधारित)

 

Logo