कैलाली । कैलालीमा आलुको बोरामा भारतीय ७१ लाख ७९ हजार ३ सय रुपैयाँ बरामद गरिएको छ । भजनी नगरपालिका ३ मोरिया घाटबाट सशस्त्र प्रहरी बल भजनीको टोलीले नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३ सय (एक करोड १४ लाख) सहित एक जनालाई पक्राउ गरेको छ । "/>

जब आलुको बोरामा ७१ लाख ७९ हजार अबैध भारु भेटियो…

जब आलुको बोरामा ७१ लाख ७९ हजार अबैध भारु भेटियो…

केन्द्रबिन्दु
0
Shares

कैलाली । कैलालीमा आलुको बोरामा भारतीय ७१ लाख ७९ हजार ३ सय रुपैयाँ बरामद गरिएको छ । भजनी नगरपालिका ३ मोरिया घाटबाट सशस्त्र प्रहरी बल भजनीको टोलीले नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३ सय (एक करोड १४ लाख) सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कि चुहा नगरपालिका १ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी रहेका छन् ।

से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले जानकारी दिए । बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको छ । उक्त भारुको नेपाली मुल्य १ करोड १४ लाख ८६ हजार ८ सय ८० रुपैयाँ हुन आउँछ ।

Logo