काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ टेस्ट गरिने भएको छ । "/>

निर्मला काण्डको अनुसन्धान गर्ने एसपी बिष्टसहित प्रहरीको पोलिग्राफ टेस्ट गरिदैं

निर्मला काण्डको अनुसन्धान गर्ने एसपी बिष्टसहित प्रहरीको पोलिग्राफ टेस्ट गरिदैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ टेस्ट गरिने भएको छ । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञान बहादुर सेट्टी, अनुसन्धान अधिकृत एकेन्द्र खड्कालगायत प्रहरी अधिकारले झुट बोलेको पत्ता लगाउने प्रविधिको परीक्षण गरिन लागेको हो ।

डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षणको माभ भईरहेको हो । समितिले निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने काम भइरहेका प्रहरी स्रोतले जनाएको छ । ‘फिल्डमा खटिएका प्रहरीको पोलिग्राफ परीक्षण सकिएको छ, भने तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायतको पनि पोलिग्राफ परीक्षण हुँदैछ,’ स्रोतले भन्यो ।

नेपाल प्रहरी प्रवक्ता एसएसपी शैलस थापा क्षेत्रीका अनुसार घटनाको अनुसन्धानमा खटिएका प्रहरीबारे अन्य अनुसन्धान जारी रहेकोछ । प्रहरीले मुख्य अभियु भनी दाबी गरेका दिलिपसिंह बिष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि प्रहरीले अनुसन्धानलाई फराकिलो नाएको हो । गृहमन्त्रालयले घटनाको अनुसन्धान गर्न साउन १४ गते गएको सिआइबीको टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो ।

सोही समितिको प्रतिवेदनका आधारमा गृहले निर्मला बलात्कार–हत्याको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई निलम्बन गरेको हो । त्यस्तै एसपी डिल्लीराज बिष्ट निलम्बनमा परि सकेका थिए । घटनाका बारेमा अनुसन्धान गर्न उनी लगाएत ३ जनाको डिएनए संकलन गरी परीक्षणको काम भईरहेको छ ।

गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

Logo