काठमाडौं

जिल्ला अदालत चितवनमा गत भदौमा ९५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । "/>

चितवनमा एक महिनामै सम्बन्धविच्छेदका ९५ मुद्दा दर्ता

चितवनमा एक महिनामै सम्बन्धविच्छेदका ९५ मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

जिल्ला अदालत चितवनमा गत भदौमा ९५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । महिलाका तर्फबाट ५७ र पुरुषको तर्फबाट ३८ वटा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । वार्षिक रूपमा हेर्ने हो भने यो संख्या ११ सय ४० हुन आउँछ । आर्थिक वर्ष ०७४, ०७५ मा सम्बन्धविच्छेदका ७०७ वटा मुद्दा दर्ता भएका थिए ।

 

१ भदौमा नयाँ कानुन लागू भएपछि सम्बन्धविच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् । सम्बन्धविच्छेदमा आर्थिक, सामाजिक र पारिवारिक कारण मुख्य रुपमा देखिएको छ । शारीरिक र मानसिक हिंसाका कारण सम्बन्ध टुटाउन अदालतसम्म आइपुगेको महिला ब्ताउँछन् ।

सम्बन्धविच्छेदमा विविध कारण हुन्छन् । समाजशास्त्रका प्राध्यापक होमनाथ अधिकारी भन्छन्, ‘आर्थिक, सामाजिक जस्ता कारणले सम्बन्ध अन्त्य गर्नेहरू पनि छन् । बढ्दो आधुनिकीकरणको कारणले पनि यस्ता घटना बढिरहेका छन् ।’

पुरुषले सम्बन्धविच्छेद चाहेमा यसअघि वडा, स्थानीय तह हुँदै जानु पर्ने कानुनी व्यवस्था थियो । अहिले सीधै अदालतको ढोका खुलेपछि दैनिक पुरुषको निवेदन पर्न थालेको छ । यसअघि महिलाले चाहेमा मात्र सीधै अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता हुन्थ्यो ।
नयाँ पत्रिकाबाट

Logo