बागलुङ । श्रीमानको कुटाइबाट ७० वर्षीया श्रीमतीको मृत्यु भएको छ । सामान्य विवादको क्रममा श्रीमानले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीको मृत्यु भएको हो । "/>

६६ वर्षका श्रीमानको कुटाइबाट ७० वर्षीया श्रीमतीको मृत्यु

६६ वर्षका श्रीमानको कुटाइबाट ७० वर्षीया श्रीमतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बागलुङ । श्रीमानको कुटाइबाट ७० वर्षीया श्रीमतीको मृत्यु भएको छ । सामान्य विवादको क्रममा श्रीमानले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीको मृत्यु भएको हो ।

 

शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए ।

 

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले जानकारी दिए । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ । रासस

 

Logo