अहिले कतै बलात्कारका घटना त कतै हत्या र हिंसाका घटनाले प्रत्येक गाउँ,समाज र राष्टका अधिकांश मानिसहरु त्रसित बनेका छन् । "/>

देश बनाउन यसरी लागि पर्दै युवापुस्ता

देश बनाउन यसरी लागि पर्दै युवापुस्ता

केन्द्रबिन्दु
0
Shares

अहिले कतै बलात्कारका घटना त कतै हत्या र हिंसाका घटनाले प्रत्येक गाउँ,समाज र राष्टका अधिकांश मानिसहरु त्रसित बनेका छन् । भर्खर जन्मिएका नाबालक शिसुहरुसम्म बलात्कृत भैरहेका छन् । बलात्कारी पनि टाढाको अन्जान होइन् आफ्नै छरछिमेक र इष्टमित्रहरु हुने गर्छन् । अधिकांशहरुलाई अहिले लाग्ने गर्छ हाम्रो देशमा सामाजिकता र सहयोग भन्ने शब्द नै विलिन भैसकेको छ ।

जब भर्खर जन्मेका साना नाबालकहरु बलात्कार भएको बेला पनि सरकार उनीहरुमाथि स्पष्ट न्याय दिलाउन असमर्थ छ । न्यायका लागि पीडितहरुले जति नै आवाज उठाए पनि जति नै हारगुहार गरे पनि पीडितहरुले उचीत न्याय पाउन सकेका छैनन् । बरु निर्दोषीहरु जेलमा जाकिन्छन् तर वास्तविक अपराधीहरु खुलेआम् समाजमा हिँडिरहेको हुन्छ । उसलाई समातेर किन पीडितलाई न्याय दिन असमर्थ छ सरकार । यस्तै समस्याहरुलाई पार लगाउनका लागि अहिले प्रत्येक देशवासिहरु आफ्नो क्षेत्रबाट लागि परेका छन् ।

समाजलाई हरेक क्षेत्रमा साथ दिनका लागि अहिले नेपाली युवापुस्ताहरु लागिपरेका छन् । नेपालका प्रत्येक कुनाकुनाबाट भेलाभएर देश र समाजको लागि केहि गर्ने उद्देश्यले जुनकिरी अविश्रान्त उज्यालो नामको संस्था खोलेर लागि परेका छन् हजारौँ नेपाली युवापुस्ताहरु । सरकारले रेल र पानी जहाँजको कुरा गर्न छोडेर देशमा बाँच्न सक्ने वातावरण सिर्जना गरिदिन सरकारसँग आग्रह गरिरहेका छन् । वि स। २०७४ बैशाख ११ मा स्थापना भएलगतै विभिन्न सामाजिक तथा साहित्यिक क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गर्दै आएको संस्था हो जूनकीरी अविश्रान्त उज्यालो ।

हालसम्म यस संस्थाले सरसफाइ, श्रस्टा सम्मान, अनाथ तथा असाहायलाई आर्थिक एवं शैक्षिक सामाग्री वितरण जस्ता दर्जनौं कार्य गरिसकेको छ तत्काल काठमाडौंमा मात्र सक्रिय यस संस्थाले बुटवलमा पनि आफ्नो कार्यक्षेत्र बिस्तारका निम्ति गृहकार्य गर्दै छ, र सम्भव त केही महिना भित्रैमा उक्त योजना पूरा हुनेछ। नारायणटार, जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा पनि जूनकीरी अविश्रान्त उज्यालोले निरन्तर रुपमा सरसफाई कार्यक्रम गर्दै आएको छ र त्यहा भएका अपाङ्ग दाजुभाईरदिदिबहिनी हरुलाइ साहित्यिक कार्यक्रम द्वारा मनोरञ्जन समेत गराउने सफल भएको छ। समाजिक कार्य गरिरहदा, यो संस्था भि।डि।सि नेपाल जस्ता अनाथालय सम्म पुगि, त्यहा रहेका भाईबहिनिहरुलाई लेखपढ गर्नका निम्ति कपि कलम र अन्य स्टेसनरी एवं खेलकुद सामाग्री समेत बितरण गरिएको छ।

यसैगरी, विभिन्न मठमन्दिर सरसफाई तथा समाजमा भएका अनैतिक कार्यहरु, जस्तै बलात्कार को विरुद्ध साहित्यिक व्यग्य प्रस्तुत गर्दै जनचेतना फैलाउने कार्यक्रम पनि जूनकीरी अविश्रान्त उज्यालोू द्वारा नियमित रुपमा भैरहेको छ। यस संस्थामा देश र सामाज तर्फको आफ्नो कर्तव्य मनन गर्दै विभिन्न जिल्लाहरुका युवाशक्ती, बिना स्वार्थ, निष्ठा पुर्वग खटिरहेका छन् । जूनकीरी अविश्रान्त उज्यालोू मा आवद्ध एक दार्चुलाका सदस्यले, करिव दुई घन्टाको बाटो, दुखस्कस्ट नभनि, एक  विरामी व्यक्तिलाई बोकेर अस्पताल सम्म पुर्याएर उनको ज्यान बचाउन सफल भए। यसैगरी, संखुवासभाबाट करिव चार घण्टा माथीको एक गाउमा सानी बालिका सिकिस्तै छिन र उपचार पाएकि छैनन् भन्ने थाहा पाउना साथ, अर्का सक्रिय सदस्यले, तत्काल आफ्नो कार्य रोकि, त्यस ठाउमा पुगि, बच्चालाई तथा उस्का परिवारलाई भेटी, जोखिम पुर्ण यात्राका साथ अस्पताल पुर्यालइ सहयोग गरे ।

साहित्य र समाजलाई प्राथमिकता दिने यस संस्थाले संखुवासभा स्थित खादबारिमा रहेको गुठि मार्फत सन्चालित ९वरुण इङ्लिस०स्कुलमा पुस्तकालय स्थपनार्थको लागि गृहकार्य गर्दैछ र सम्भवत २०७५ असोज अन्तिम सम्ममा पुस्तकालय विद्यालयलाई हतान्तरण गर्नेछ । सोच बदलौ, देश बदलिन्छ । आटे र चाए असम्भव केही छैन, र एकता नै हाम्रो शक्ति हो। त्यसैले हामी सक्छौं, हामी गर्छौ ।

Logo