काठमाडौं । आजदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रबारदेखि खोल्ने भनिएको टिकट यातायात व्यवसायी तथा चालकहरुको बन्दका कारण टिकट काटिएको थिएन् । "/>

दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु

दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आजदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रबारदेखि खोल्ने भनिएको टिकट यातायात व्यवसायी तथा चालकहरुको बन्दका कारण टिकट काटिएको थिएन् ।

सकारसँग भएको सहमतिपछि उनीहरुले आफ्नो आन्दोलन फिर्ता लिएका थिए । केही यातायात व्यवसायीले टिकट बुकिङ नखोले पनि दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु भैसकेको सरकारले जनाएको छ ।

अहिले समितिसम्बद्ध थोरै र प्रालि सम्बन्ध सबै व्यवसायीले दसैँको लागि अग्रिम टिकट बुकिङ गरिरहेका विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

सरकारले चैतमा सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै व्यवसायी प्रालिमा दर्ता भैसकेका छन् । प्रालि सम्बद्ध ११ सय ९ व्यवसायीका ४ हजारको हाराहारीमा गाडी रहेका विभागले जनाएको छ । अहिले पनि २ सय ४५ समिति छन् ।

समिति मार्फतका केही व्यवसायीले पनि हिजोदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुलाएका छन् । गोगंबु बसपार्कमा प्रालि र समितिका २४ वटा काउण्टर छन् । जसअन्तर्गत प्रालि सम्बद्ध व्यवसायीले टिकट बुकिङ सहज गरेका विभागले जनाएको छ ।

 

Logo