काठमाडौं


काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन् । "/>

सामाजिक सञ्जालको जालोमा फस्दै किशोरकिशोरीहरु

सामाजिक सञ्जालको जालोमा फस्दै किशोरकिशोरीहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन् । उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुक मार्फत अन्तरंग कुराकानी गर्न थाले । फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले ।

एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसे जस्तै भए । त्यसको कारण थियो – १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालय समेत परिवर्तन गरिदिए ।

 

अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले प्रेमिकासँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ट्याग गरिदिए । तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुवा महानगरीय प्रहरी अपराध महाशाखामा छोरीलाई लिएर उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ ।

यो एउटा उदाहरण मात्र हो । अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उन्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । महाशाखा अन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ ।’

महाशाखाका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर हुने अपराधका घटना बढेका छन् । आर्थिक वर्ष २०७२/०७३ मा साइबर अपराध सम्बन्धी आठ सय ३० वटा उजुरी दर्ता भएको थियो । ती मध्ये २३ वटा मुद्दा अदालती प्रक्रियामा अघि बढेको छ । आर्थिक वर्ष २०७३/ ०७४ मा साइबर अपराध सम्बन्धी उजुरी संख्या बढेर एक हजार एक सय ९७ पुग्यो । ती मध्ये २६ वटा मुद्दा अदालतमा दायर भएको थियो ।

आर्थिक वर्ष २०७४/०७५ मा यस्ता उजुरी एक हजार चार सय ८२ परेका थिए । ती मध्ये महाशाखाले ६९ वटा मुद्दा अदालतमा दायर गरेको थियो । महाशाखाका अनुसार सबैभन्दा धेरै साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगबाट हुने गरेको छ । आर्थिक वर्ष २०७४ / ०७५ मा सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी ५० वटा मुद्दा दायर गरिएको छ । यस्तै एसएमएसबाट धम्की दिएका ११ वटा मुद्दा दर्ता भएका छन् । ह्याकिङ सम्बन्धी दुई, एसएमएस लट्री फ्रन्ड सम्बन्धी र युटुब दुरुपयोग सम्बन्धी दुई वटा मुद्दा दर्ता भएका छन् ।
नागरिकबाट

Logo