काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा मुछिएका एसपीसहित १९ जनाको सीमकार्ड जफत गरिएको छ । निलम्बनमा परेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित १९ जनाको सीम कार्ड जफत गरिएको हो । "/>

निर्मला हत्याकाण्डमा एसपी डिल्लीराज विष्टसहित १९ जनाको मोवाईल जफत

निर्मला हत्याकाण्डमा एसपी डिल्लीराज विष्टसहित १९ जनाको मोवाईल जफत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा मुछिएका एसपीसहित १९ जनाको सीमकार्ड जफत गरिएको छ । निलम्बनमा परेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित १९ जनाको सीम कार्ड जफत गरिएको हो ।

घटनामा अनुसन्धान गर्न जिम्मेवारी पाएको डीआईजी धीरु बस्न्यात नेतृत्वको शक्तिशाली टोलीले एसपी विष्टसहित १९ जनाको मोबाइल जफत गरेको हो ।

टोलीले प्रहरी प्रधान कार्यालयमै बोलाएर तत्कालीन एसपी विष्टसहित कञ्चनपुर प्रहरीका १६ जना र सिआईबीका डिएसपी अंगुर जिसीसहित ३ जनाको मोबाइल तथा सिमकार्ड जफत गरेको हो ।

कञ्चनपुरबाट मुद्दा शाखामा कार्यरत प्रहरी, सिभिल टोलीमा खटिएका प्रहरी, मुचुल्का उठाउने कार्यमा रहेका प्रहरीलाई पनि काठमाडौं झिकाइएको छ । त्यस्तै उच्चस्तरीय छानबिन समितिले आफ्नो अनुसन्धान नेपाली सेनातिर पनि तेस्र्याएको छ ।

निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेकाले केही सूचना सेनाबाटै भएको हुनसक्ने भन्ने आएकाले त्यसतर्फ पनि अनुसन्धान सुरु गरिएको समितिले जनाएको छ ।

तत्कालीन एसपी विष्ट भएकै बेला साउन १० गते बाहिर निस्किएका सेनाको विषयमा पनि अनुसन्धान गर्न सुझाव दिइएको थियो । एक प्रहरीका अनुसार सेनाका केही जवानको मोबाइल नम्बर पनि अनुसन्धानका लागि सिआइबीको टोलीलाई उपलब्ध गराइएको थियो ।

Logo