काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । "/>

निर्मलाका आमाबाबुलाई प्रधानमन्त्रीले भने, ‘निर्मला मेरी पनि छोरी हो’ (भिडियोमा)

निर्मलाका आमाबाबुलाई प्रधानमन्त्रीले भने, ‘निर्मला मेरी पनि छोरी हो’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गालाई प्रधानमन्त्रीले अपराधी पहिचान गरी कानुन अनुसार कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

‘निर्मला दुर्गादेवी र यज्ञराजकी मात्र छोरी होइनन्, राष्ट्रकै छोरी हुन्, मेरी पनि छोरी हुन्, तपाईँहरूलाई कुनै पनि हालतमा न्याय दिलाउन हामी प्रतिबद्ध छौँ। म यस विषयमा अत्यन्त संवेदनशील छु। न्याय पाउने कुरामा पूर्ण विश्वस्त हुन अनुरोध छ।’ प्रधानमन्त्रीले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हेलचेक्र्‍याइ भएको स्वीकार्दै प्रधानमन्त्रीले जटिलताका बीच पनि घटनाको अनुसन्धान गरी न्याय दिनेमा सरकार प्रतिबद्धत रहेको बताए। ‘म, गृह मन्त्रालय र प्रहरी सबै लागेका छौँ, न्याय दिने कुरामा कुनै कमजोरी हुन दिन्नौँ’ प्रधानमन्त्रीले भने।

 

Logo