रुपन्देही

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक बालिका माथि रहस्यमय आक्रमण भएको छ । "/>

मध्यरातमा अपरिचित व्यक्तिले बालिकाको कपाल काटी दुई तला माथिबाट फ्ँयाके पछि…!

मध्यरातमा अपरिचित व्यक्तिले बालिकाको कपाल काटी दुई तला माथिबाट फ्ँयाके पछि…!

केन्द्रबिन्दु
0
Shares

रुपन्देही

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक बालिका माथि रहस्यमय आक्रमण भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब २ बजे नगरपालिका–१ की १३ वर्षीया बालिका माथि आक्रमण भएको हो । बालिका आफ्नै घरको कोठामा सुतिरहेकी थिइन् । घरको बाहिर पट्टीबाट भर्‍याङ लगाई कोठामा अपरिचित व्यक्तिहरु आइ उनको बायाँ पट्टीको कपाल काट्नुका साथै घरको दोस्रो तलाबाट खसालेर घाइते बनाएको प्रहरी जानकारी दिएको छ ।

बालिकालाई उनकी आमाले आइतबार बिहान करिब ६ बजे घाइते अवस्थामा देखेपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पुर्‍याएका थिए । परिवारले प्रहरीलाई साँढे ७ बजे खबर गरेपछि मात्रै प्रहरीले अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले अनुसन्धानपछि घटनाबारे तथ्यहरु खुल्ने बताए । दुई जना मान्छेहरु आएर बालिकालाई फालेको परिवारले बताएको एसपी थापाले बताए । घटनाबारे प्रहरीले गम्भिर रुपमा लिएर अनुसन्धान गरिरहेको र बालिकाको स्वस्थ्य उपचार पनि भइरहेको उनले बताए । बालिकाको बायाँ हात र खुट्टा फ्याक्चर भए पनि उनको स्वास्थ्यस्थिति खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
नयाँ पत्रिकाबाट

Logo