सिन्धुली

जिल्लाको एक विद्यालयकी शिक्षिकालाई विवाह गरेकै कारण नोकरीबाट निकालिएको छ । "/>

विवाह गरेपछिको उपहार जागिर चट्…!

विवाह गरेपछिको उपहार जागिर चट्…!

केन्द्रबिन्दु
0
Shares

सिन्धुली

जिल्लाको एक विद्यालयकी शिक्षिकालाई विवाह गरेकै कारण नोकरीबाट निकालिएको छ । फिक्कल गाँउपालिका–३ स्थित कालिका प्राथमिक विद्यालयको बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता रीमा खत्रीलाई यसरी निकालिएको हो । फिक्कलको खोलागाँउ निवासी रीमाले जिल्लाकै गोलञ्जोर गाँउपालिकाको डुडभन्ज्याङमा विवाह गरेर गएपछि उनलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले कामबाट हटाएको हो ।

२०७४ जेठमा विवाह गरेकी रीमालाई विद्यालयले कात्तिकमै बर्खास्त गरिएको पत्र थमाएको थियो । तर उनले जिल्ला शिक्षा कार्यलयमा हारगुहार गरेर अहिलेसम्म सोही विद्यालयमा काम गरिरहेकी छिन् । फेरि अहिले उनको पद रिक्त रहेको भन्दै विद्यालयले विज्ञापन निकालेपछि उनी न्याय खोज्दै अदालत पुगेकी छिन् ।

‘बर्खास्त गरिएको पत्र थमाए पनि जिल्ला शिक्षा अधिकारीको आदेशमा हालसम्म सोही विद्यालयमा कार्यरत थिएँ,’ उनले भनिन्, ‘तर विद्यालयले एक्कासि विज्ञापन गरी मलाई बर्खास्त गरेको जनाएपछि म न्याय खोज्दै अदालत आएकी हुँ।’

रीमाले भनिन्, ‘विवाह गरेर अर्को गाउँ गए पनि मैले विद्यालयको पठन पाठनमा कुनै असर पुर्याएकी छैन । विवाह भएको दुई दिन देखि म स्कुलमा पढाउन पुगेकी छु ।’ वडा अध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षले आफ्नो मान्छे नियुक्ति गर्न आफू माथि प्रपञ्च रचेको उनको आरोप छ ।

यता विद्यालयले भने रीमाले अन्यत्र विवाह गरेर गएका कारण अध्ययन अध्यापनमा अप्ठेरो भएकाले उनको ठाउँमा स्थानीय विवाहित महिलालाई नियुक्ति गर्न उनलाई हटाइएको दाबी गरेको छ । ‘मलाई विवाह भएर गएको मान्छेले फेरि यही स्कुलमा आएर पढाँउदा बेइज्जत हुँदैन भन्दै व्यवस्थापन समितिले पटकपटक थर्काए,’ उनले सुनाइन्, ‘मैले विवाह गर्नु नै गल्ती देखाइयो ।’

यता जिल्ला अदालत सिन्धुलीले कालिका प्राथमिक विद्यालयको बालविकास केन्द्रमा कार्यरत रीमा खत्रीलाई नोकरीबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।
नागरिकबाट

Logo