हेटौंडा

मनहरी गाउँपालिका–८ का १५ वर्षीय चन्द्र लामा (नाम परिवर्तन) र गाउँकै १४ वर्षीया जुनु लामा (नाम परिवर्तन) ले सहमतिमा विवाह गर्ने प्रयास गरे । "/>

मकवानपुरमा वढ्दो बालविवाह : ३ वर्षमा २६ बालिका लगनगाँठोमा !

मकवानपुरमा वढ्दो बालविवाह : ३ वर्षमा २६ बालिका लगनगाँठोमा !

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

मनहरी गाउँपालिका–८ का १५ वर्षीय चन्द्र लामा (नाम परिवर्तन) र गाउँकै १४ वर्षीया जुनु लामा (नाम परिवर्तन) ले सहमतिमा विवाह गर्ने प्रयास गरे । तर सफल भएनन् ।

हेटौंडा पदमपोखरीकी १७ वर्षीया अञ्जु क्षेत्री (नाम परिवर्तन) र १६ वर्षीय बिमल थापा (नाम परिवर्तन) तीन वर्ष देखि पति/पत्नी जसरी बस्दै आएका थिए । कसैको सूचनाका आधारमा सिविन नेपाल मकवानपुरसम्म यो कुरा पुग्यो । त्यसैले त्यो ‘विवाह’ पनि सफल हुन सकेन । यसले मकवानपुरमा हाल पनि बालविवाह हुने क्रम नरोकिएको संकेत गरेको छ ।

भदौ १ गतेबाट लागु भएको मुलुकी संहितामा बालविवाह स्वतः खारेज गरिएको छ । तर पनि बालविवाह रोकिएको छैन । सिविन नेपाल मकवानपुरका अनुसार ऐन लागुपछि पनि २ वटा बालविवाहविरुद्ध उजुरी परेको छ । ऐन लागु भए पश्चात पनि यस्ता कार्य भइरहनु जनचेतना अभाव रहेको सिविन नेपाल मकवानपुर प्रमुख झवीन्द्र ज्ञवालीले बताए ।

बुधबार सम्पन्न ‘मानव बेचबिखन र यसको अवस्था’ विषयक पत्रकार महिलासँगको अन्तक्र्रियामा प्रस्तुत कार्यपत्रमा जिल्लामा अझ बालविवाह हुने क्रम नरोकिएको देखाइएको छ । समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारी लगायत कारण बालविवाह हुने क्रम जारी रहेको जनाइएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहालले सन् २०१६ देखि २०१८ अगष्टसम्म सिविन नेपालको तथ्यांकमा मकवानपुरमा १० वर्ष माथिका र १७ वर्ष मुनिका ३३ जनाले बालविवाह गरेका छन्, जसमा बालिका २६ र सात बालक रहेको उनले जानकारी दिइन् ।

मानव बेचबिखनविरुद्व दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा आयोजित छलफलमा बालिका, किशोरी तथा महिलाका सवालमा पत्रकार महिलाको भूमिका, समस्या, चुनौती र सकारात्मक पक्षका विषयमा छलफल भएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo