धनगढी

साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, की १३ वर्षीया निर्मला पन्तको बलात्कार गरेर हत्या गरेको घटनाका दोषी पत्ता लगाउनु पर्ने माग सहित एक महिना देखि महेन्द्रनगरमा भइरहेको प्रदर्शन प्रदेशको अस्थायी राजधानी धनगढी, अत्तरिया र डडेल्धुरासम्म फैलियो । "/>

प्रदेश नं. ७ मा मात्र तीन महिनामा ४७ बलात्कारका घटना

प्रदेश नं. ७ मा मात्र तीन महिनामा ४७ बलात्कारका घटना

केन्द्रबिन्दु
0
Shares

धनगढी

साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, की १३ वर्षीया निर्मला पन्तको बलात्कार गरेर हत्या गरेको घटनाका दोषी पत्ता लगाउनु पर्ने माग सहित एक महिना देखि महेन्द्रनगरमा भइरहेको प्रदर्शन प्रदेशको अस्थायी राजधानी धनगढी, अत्तरिया र डडेल्धुरासम्म फैलियो ।

निर्मलाका हत्यारा पत्ता लगाउनु पर्ने आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर एक युवकको ज्यान गयो भने धेरै घाइते भए । बलात्कार गर्नेलाई कडा कारबाही गरिनु पर्ने अवाज सहित आन्दोलन चर्किएकै बेला प्रदेश ७ मा बलात्कारका घटना बढ्दै गएका छन् ।

भदौ १३ गते राति कैलालीको घोडाघोडी नगरपालिका–६ स्थित आफ्नै घरमा सुतिरहेका बेला १४ वर्षीया एक किशोरीलाई उनकै छिमेकी ३२ वर्षीय हर्क कुँवरले दुई हात बाँधेर र मुखमा सल कोची बलात्कार गरे । अशक्त हजुरबुबा बाहेक घरमा कोही नभएको मौका पारेर साथीकै बुवा पर्ने कुँवरले उनलाई बलात्कार गरेका हुन् । रक्ताम्म भएर बेहोस अवस्थामा रहेकी किशोरीको होस खुलेपछि उनले राति १ बजे बुवालाई घटनाबारे जानकारी गराएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

पछिल्लो महिनामा डरलाग्दो गरी बलात्कारका घटना बढेका छन् । प्रदेश नं. ७ प्रहरी कार्यालयका अनुसार जेठमा ११, असारमा १७ र साउन १० बलात्कारका घटना भएका छन् । प्रदेश कार्यालयमा यस महिनाको तथ्यांक संकलन भइसकेको छैन ।

भदौ महिनामा कैलालीमा मात्र ७ बलात्कारका घटना भएको कैलालीका प्रहरी उपरीक्षक घिमिरेले बताए । यसैगरी कञ्चनपुरमा बलात्कारका दुई घटना भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक घिमिरे बलात्कारका घटना बढ्नुमा मदिरा सेवनको प्रयोग लगायतका कारण रहेको बताउँछन् । ‘बलात्कारका घटना धेरै बढिरहेकाले अनुसन्धान गरेर यसको निराकरणका लागि कदम चालिनु आवश्यक छ,’ उनले भने ।

बलात्कारका घटना बढ्नुमा मदिरा सेवन, लागूऔषधको प्रयोग, पहुँच भएकालाई उन्मुक्ति, समाज छाडातर्फ उन्मुख हुनु, मोबाइलमा अश्लील सामग्रीको पहुँच, नैतिक शिक्षाको अभाव रहेको जानकार बताउँछन् । ‘समाजमा भाइचाराको सम्बन्ध नै रहेन,’ धार्मिक अभियन्ता नरबहादुर शाही भन्छन्, ‘नातागोता, छरछिमेकमा आफन्तका बीचमा माया, सद्भाव र नैतिकता नै नहुँदा दैनिक बलात्कारका घटना भइरहेका छन् ।’
नागरिकबाट

Logo