काठमाडौँ

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाकी गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । "/>

७ महिनाकी गर्भवती महिला बलात्कृत : तीन जना पक्राउ

७ महिनाकी गर्भवती महिला बलात्कृत : तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाकी गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विजयनगर गाउँपालिका, ७ का २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वरसाती केवट र ४० वर्षीय प्रह्लाद केवट रहेका छन् ।

गर्भवती महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको मंगलबार राति घरमा एक्लै रहेको अवस्थामा उनीहरुले बलात्कार गरेको पीडितले किटानी जाहेरीमा उल्लेख गरेकी छिन् ।
नयाँ पत्रिकाबाट

Logo