परासी

६ दिन अघि जन्मिएका एक नवजात शिशुलाई पृथ्वीचन्द्र अस्पताल परासीले संरक्षण दिएको छ । "/>

बाटोमा भेटिएका शिशु अस्पतालको संरक्षणमा : आमा बेपत्ता

बाटोमा भेटिएका शिशु अस्पतालको संरक्षणमा : आमा बेपत्ता

केन्द्रबिन्दु
0
Shares

परासी

६ दिन अघि जन्मिएका एक नवजात शिशुलाई पृथ्वीचन्द्र अस्पताल परासीले संरक्षण दिएको छ । गत आइतबार जन्मिएका शिशुलाई चिकित्सक र कर्मचारीले हेरचाह गर्दै आएका छन् । शिशुलाई निप्पलबाट गाई–भैंसीको दुध खुवाएर राखिएको अस्पतालकी डा रोजा खनालले जानकारी दिइन् । अस्पताल र जिल्ला बाल कल्याण समितिले समेत धाई आमाको व्यवस्था गरेर शिशुलाई स्तनपान गराउने व्यवस्था गर्न सकेका छैनन् ।

आकस्मिक सेवाको महिला कक्षमा राखिएका शिशुकी आमा भने बेपत्ता छिन् । मानसिक सन्तुलन गुमाएकी आमाबाट जन्मिएका शिशुलाई प्रहरीले उद्धार गरेको हो । नालसहित बाटोमा भेटिएकी आमा र शिशुलाई गोबरैया प्रहरी चौकीले उद्दार गरेर अस्पताल पु¥याएको थियो । अस्पतालमा पुर्याएपछि चिकित्सकले आमाबाट बच्चा छुटाएपछि आमा बेपत्ता भएकी हुन् ।

अस्पताल आएपछि आमाले आफ्नो शिशुलाई छुनै नदिएपछि चिकित्सकले आमा र शिशुलाई छुट्याएका थिए । आमाबाट शिशुलाई छोडाएर अस्पतालको संरक्षणमा राखिएको चिकित्सकको भनाइ छ। आमाको मानसिक सन्तुलन गुमे पनि त्यसको असर शिशुमा नपर्ने डा। खनालको भनाइ छ । शिशु पूर्ण रुपमा स्वास्थ रहेको उनले जानकारी दिइन् ।
अन्नपूर्णबाट

Logo