उदयपुर

आफ्नै छोरी र श्रीमति माथि यौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् । "/>

आफ्नै श्रीमति र छोरी माथि जवरजस्ती गरेको आरोपमा पक्राउ !

आफ्नै श्रीमति र छोरी माथि जवरजस्ती गरेको आरोपमा पक्राउ !

केन्द्रबिन्दु
0
Shares

उदयपुर

आफ्नै छोरी र श्रीमति माथि यौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् ।७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको तथा ३८ वर्षीया श्रीमति माथि जवरजस्ती करणी गरेको आरोपमा जिल्लाको रौतामाई गाउँपालिका २ नौले करकुसेका एक पुरुष पक्राउ परेका हुन् ।

४५ वर्षीय ती पुरुष माथि गत साउन २१ गते बेलुका ८ बजे जवरजस्ती गरेको तथा २२ गते ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू र छोरी माथि जवरजस्ती गरेको आरोप लगाउँदै स्वयं श्रीमतिले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीमतिले उनीविरुद्ध भदौ ५ गते साँझ ५ बजे जिल्ला प्रहरी कार्यालयमा आफैं उपस्थित भएर जाहेरी दिएको आधारमा आरोपीलाई पक्राउ गरी नियन्त्रणमा लिइएको छ । उनीविरुद्ध थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राईले बताएका छन् ।
नागरिकबाट

Logo