काठमाडौँ

बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । "/>

वालाजुमा घरेलु कामदार रहेकी १३ वर्षीया बालिकालाई बलात्कार !

वालाजुमा घरेलु कामदार रहेकी १३ वर्षीया बालिकालाई बलात्कार !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पुर्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ । तर रिपोर्ट आइसकेको छैन । बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ । घटनाबारे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि अनुसन्धान गरिहेको छ ।

पीडित बालिका मालिकको घरमा खुसी थिइनन् । आफ्नै घर गोरखा फर्किन चाहन्थिन्  । मंगलबार दिउँसो उनी मालिकको घरबाट निस्किइन्  । एक अपरिचित व्यक्तिसँग उनको सम्पर्क भयो । जसले उनलाई गोरखा लगिदिने प्रलोभन दिए र मोटरसाइकलमा राखे । तर तिनले बालिकालाई गोदावरी जंगल पुर्याई बलात्कार गरे र फरार भए । बालिका जंगलमै अलपत्र परिन् । स्थानीयले जंगलमा रोइरहेको देखेपछि उनको उद्धार गरे । त्यस लगत्तै स्थानीयले प्रहरी कार्यालयमा खबर गरे । प्रहरी घटनास्थल पुग्यो र उद्धार गर्यो । अहिले बालिका प्रहरीकै रोहवरमा सेफहाउसमा छिन् ।

पछिल्लो तथ्यांक अनुसार पछिल्ला चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यससध्ये १० देखि १६ वर्ष उमेरका १ हजार ३ सय १३ बालिका बलात्कृत भएका छन् । १० वर्ष सम्मका ८ सय २० जना बलात्कृत भएका छन् । १७ देखि १८ वर्ष उमेरका किशोरी ४ सय ५१ जना र २० वर्ष माथिका १ हजार ५ सय १६ जना बलात्कारको सिकार भएका छन् ।
नयाँ पत्रिकाबाट

Logo