काठमाडौं

बालबालिका माथि हुने यौन दुव्र्यवहार र बलात्कार लगायतका हिंसाले विकराल रूप लिँदै गएको पाइन्छ । "/>

देशभरि नै बालिका बलात्कारको डरलाग्दो यर्थाथ यस्तो !

देशभरि नै बालिका बलात्कारको डरलाग्दो यर्थाथ यस्तो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बालबालिका माथि हुने यौन दुव्र्यवहार र बलात्कार लगायतका हिंसाले विकराल रूप लिँदै गएको पाइन्छ । २०७४ सालको चैत देखि गत असारसम्म १२० जना बालबालिका यौन दुव्र्यवहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् । ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भए ।

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदन अनुसार दुई जना बालक जर्मन नागरिकबाट यौन दुव्र्यवहारमा परे । यस अवधिमा ११८ जना बालिका बलात्कृत भए । १४ जना बालिका सामूहिक बलात्कारमा परेका छन् । सामूहिक बलात्कार पीडित तीन जना बालिका सुस्त मनस्थितिका थिए । चिनजानको व्यक्तिबाट ४४ जना बालिका बलात्कृत भएका छन् ।

त्यस्तै छिमेकीबाट ३२ जना, आफ्नै बुबा तथा हाडनाताबाट १४ जना, प्रधानाध्यापक तथा शिक्षकबाट ९ जना, प्रहरी, सेना र कर्मचारीबाट ११ जना र घरेलु बालश्रममा रहेका ८ जना बालिका बलात्कृत भएका छन् । हाडनाताबाट बलात्कार भएका १४ जना बालिका मध्ये ८ जना बालिका आफ्नै बुबाबाट बलात्कार भएका छन् ।

घटना लमजुङ, रामेछाप, नवलपरासी सुस्ता पूर्व, सोलुखुम्बु, बाँके, गोरखा, इलाम र दाङ जिल्लामा घटेको प्रतिवेदनमा छ । बलात्कारमा संलग्न अभियुक्त मध्ये १९ जना बालकहरु तथा ९९ जना वयस्कबाट बालिका बलात्कृत भए । समितिको प्रतिवेदन अनुसार यस अवधिमा ६७५ जना बालबालिकाको बालअधिकार हनन् भएको छ ।

बलात्कृत हुने बालिकाहरुमा ६ वर्ष वा सो भन्दा मुनि ५ जना, ७ देखि १० वर्षका १६ जना, ११ देखि १४ वर्षका २९ जना र १५ देखि १८ वर्षका ६८ जना जना छन् । सबैभन्दा कम उमेरको नवलपरासीमा ८ महिने बालिका आफ्नै बाबुबाट बलात्कृत भएको र १५ वर्ष उमेरका बालिकाहरु धेरै संख्यामा बलात्कारबाट पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
नयाँ पत्रिकाबाट

Logo