दैलेख

भदौ १ गते देखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । "/>

नयाँ ऐन आएसँगै पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता !

नयाँ ऐन आएसँगै पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता !

केन्द्रबिन्दु
0
Shares

दैलेख

भदौ १ गते देखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ ।

‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ ले पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न सकिने व्यवस्थाको प्रयोग गर्दै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । आइतबार महाबु गाउँपालिका, २ का २६ वर्षीय इन्द्रबहादुर रानाले पत्नी २६ वर्षीय नन्दसरा गुरुङ्ग रानाविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेको दैलेख अदालतका प्रवक्ता बिनोद आचार्यले बताए ।

ऐनको दफा ९४ को अधिकार प्रयोग गरी आएको मुद्दा नयाँ मुलुकी ऐनपछि पहिलो भएको श्रेस्तेदार रमेश श्रेष्ठले बताए । नयाँ कानुन आउनु अघि महिलाले मात्रै अदालतमा सम्बन्ध बिच्छेदका लागि सिधै मुद्दा दर्ता गर्न पाउने अधिकार रहेको थियो ।

दैलेख जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएको कुल दुई सय १० मुद्दा मध्ये ८० वटा मुद्दा सम्बन्ध बिच्छेद सम्बन्धी रहेको थियो । नयाँ कानुन अनुसार दर्ता भएको मुद्दाले दुःखी बनाएको नेपाल बार एसोसियशन जिल्ला अध्यक्ष यामराज थापाले बताए ।
नयाँ पत्रिकाबाट

Logo