काभ्रे

काभ्रेको मण्डन देउपुर नगरपालिका–१० हल्देछापका रामबहादुर तामाङ २० वर्ष पुरानो स्ट्रेचर सफा गर्दै थिए । "/>

काभ्रेको मण्डनदेउपुरमा सडक भएपनि विरामी बोक्न स्ट्रेचरकै साहारा !

काभ्रेको मण्डनदेउपुरमा सडक भएपनि विरामी बोक्न स्ट्रेचरकै साहारा !

केन्द्रबिन्दु
0
Shares

काभ्रे

काभ्रेको मण्डन देउपुर नगरपालिका–१० हल्देछापका रामबहादुर तामाङ २० वर्ष पुरानो स्ट्रेचर सफा गर्दै थिए । २०५० सालतिर सरकारले बिरामी बोक्न ग्रामीण स्वास्थ्य कार्यकर्तालाई स्ट्रेचर उपलब्ध गराएको थियो । यातायातको सुविधासँगै लामो समय सम्म प्रयोगमा नआएको स्ट्रेचर फेरि प्रयोगमा आउन थालेको छ । सडक विस्तारका सिलसिलामा बाटो बिग्रेर एम्बुलेन्स लगायतका सवारीसाधन आउन नसकेपछि बिरामी बोक्न फेरि स्ट्रेचरकै प्रयोग गरिन थालिएको हो ।

पुरानो स्ट्रेचर सफा पार्दै बिरामी बोक्ने योजना बनाउने रामबहादुर एक्ला व्यक्ति होइनन् । दुई साता अघि गाउँमा पहिरोले पुरिएर स्थानीय बासिन्दा घाइते हुनुका साथै १८ महिने बालकको ज्यान गएपछि रामबहादुर जस्तै टोलभरिका युवा स्ट्रेचरको जोहो गर्न थालेका छन् । ‘स्ट्रेचर जतिबेला पनि आवश्यक पर्ने भएकाले मर्मत गरेर तयारी हालतमा राखेको छु,’ उनले भने ।

काभ्रेको मण्डन देउपुर नगरपालिका ९, १०, ११ र १२ का स्थानीयले प्रयोग गर्दै आएको सडक निर्माण सुरु भएसँगै त्यहाँ कुनै पनि सवारी जान सक्ने अवस्था नहुँदा स्ट्रेचरकै भर पर्नुपरेको स्थानीय लीला नेपालले बताइन् । ‘संसारमा अरू देश प्रगति पथमा लम्कँदै छन्, हामी एम्बुलेन्सको सेवाबाट पुनः फर्केर स्ट्रेचरमा आइपुगेका छौं,’ नेपालले भनिन् ।

काभ्रेका १३ वटा स्थानीय तहका बासिन्दा गाउँसम्म एम्बुलेन्स नआउने भएपछि स्ट्रेचरकै भर पर्न थालेका छन् । काभ्रेका सुगम र दुर्गम दुवैमा यतिबेला बिरामी बोक्ने भरपर्दो साधन बनेको छ स्ट्रेचर । स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएसँगै टोलटोलमा कम्तीमा बिरामी बोक्ने एम्बुलेन्स सञ्चालन होला भन्ने आशा जनताको थियो । जनताको आशा अनुसार जनप्रतिनिधिले ग्रामीण सडकको स्तरोन्नति गर्न बजेट विनियोजन गरेपनि भरपर्दो सडक नबन्दा जनता भने बिरामी ओसार्न स्ट्रेचरको खोजीमा जुुटेका छन् ।

काभ्रेका १३ वटा स्थानीय तहले विकास निर्माणमै सडकलाई पहिलो प्राथमिकता दिएका थिए । सहरी भेगमा रहेका नगरपालिकाले समेत सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखे पनि १३ वटा स्थानीय तहका जनता भने स्ट्रेचरको सहारामा बिरामी ओसारपसार गर्न बाध्य छन् । काभ्रेका विकट गाउँहरू डाँडापारि, कोसीपारि, रोशीपारि र कान्छो नगरपालिका मण्डनदेउपुरमा क्रमिक रूपमा विकास भए पनि जिल्लाकै पहिलो नगर बनेपा, सदरमुकाम धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्धमा रहेका वडा कार्यालयसम्म एम्बुलेन्स पु¥याउन सक्ने अवस्था छैन ।
राजधानीबाट

 

Logo