विराटनगर

प्रेमीसहित अष्ट्रेलिया जाने अन्तिम तयारीमा थिइन् विराटनगर–१३ ग्रामथानकी शिखा घिमिरे । "/>

धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको विभत्स हत्या !

धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको विभत्स हत्या !

केन्द्रबिन्दु
0
Shares

विराटनगर

प्रेमीसहित अष्ट्रेलिया जाने अन्तिम तयारीमा थिइन् विराटनगर–१३ ग्रामथानकी शिखा घिमिरे । यसकै लागि एक साता पहिले प्रेमी दिनेश भट्टराईसँग कोर्ट म्यारिज पनि गरिन् । तर शिखाले धोका दिएको आशंका गरेर तीनै प्रेमीले शुक्रबार उनको ज्यान लिए । गफगाफका लागि विराटनगर बजारबाट दिनेशसँगै स्कुटर चढेर निश्केकी शिखालाई बेलबारी जानेक्रममा सिध्राहाको एकान्त स्थानमा पुर्याएपछि दाउ र चक्कु प्रहार गरी दिनेशले शिखाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख मनोज केसीका अनुसार विराटनगरबाट एउटै स्कुटरमा चढेर संगै गएका उनिहरू ग्रामथान —३ सिद्राहामा पुगेपछि नहरको छेउमा रहेको गोठमा गफ गर्न बसेका थिए । गफ गर्ने क्रममा युवकले झोलाबाट धारिलो हतियार निकाले र युवतीको हत्या गरेर नहरको डिलमा फालेका थिए ।

भाग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि भट्टराईलाई घेरा हालेर पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । दुवै प्रेमि–प्रेमीका रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । ‘प्रेमिकाले धोका दिएर अस्ट्रेलिया जान लागेको आरोपमा प्रेमी दिनेशले शुक्रबार प्रेमिका शिखाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रहरी स्रोतले भन्यो । प्रहरीका अनुसार शिखाको पेट, अनुहार र घाँटी लगायतका स्थानमा चोटै चोट छ ।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नागरिकबाट

Logo