काठमाडौं

भदौ १ देखि लागू हुने नयाँ कानुन अनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । "/>

अब वैवाहिक बलात्कारमा पाँच वर्ष सम्म जेल सजायँ हुने !

अब वैवाहिक बलात्कारमा पाँच वर्ष सम्म जेल सजायँ हुने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भदौ १ देखि लागू हुने नयाँ कानुन अनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । पत्नीको इच्छाविपरीत यौन सम्बन्ध राखेमा पतिलाई यस्तो सजायँ तोकिएको हो । कानुन अनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनै पर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुन अनुसार कारबाही भोग्नु पर्नेछ ।

नयाँ संहिता अनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्ष सम्म जेल सजाय हुने व्यवस्था गरिएको छ । जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सजाय हुने व्यवस्था नयाँ संहितामा छ । मुलुकी अपराध संहितामा पीडित बालिका र महिलाको उमेर हेरीकन अपराधीलाई सजायको व्यवस्था गरिएको छ । बलात्कारमा संलग्नलाई ७ वर्ष देखि २० वर्ष सम्म जेलसजायँ हुने व्यवस्था गरिएको छ । सामूहिक रुपमा जबर्जस्ती करणी गरेमा अपराधीलाई थप पाँच वर्ष जेल सजाय हुन्छ । मुलुकी ऐनमा भने अपराधीलाई ६ देखि १० वर्षसम्मको जेल सजायको व्यवस्था छ ।

नयाँ संहिता अनुसार १० वर्ष भन्दा कम उमेरकी बालिकालाई बलात्कार गर्ने अपराधी २० वर्ष जेल बस्नु पर्नेछ । १० देखि १४ वर्ष सम्मकी बालिकालाई बलात्कार गर्ने दोषीलाई १४ देखि १६ वर्ष सम्म जेल सजायँको व्यवस्था कानुनले गरेको छ । यसैगरी १८ वा १८ वर्ष भन्दा बढी उमेरकी महिला भए दोषीलाई सात देखि १० वर्ष सम्म जेल सजायँ हुने व्यवस्था छ । हाल कार्यान्वयनमा रहेको मुलुकी ऐन २०२० मा महिलाको उमेर हेरेर बलात्कारीलाई एक देखि १० वर्ष सम्मको सजायँ व्यवस्था छ ।

यस्तै नयाँ कानुनले हाडनाता करणीमा अपराधीलाई जन्मकैदको व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणी भएमा जन्मकैद हुनेछ । त्यसैगरी ‘सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी, पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चार वर्ष देखि १० वर्ष सम्म कैद र एक लाख रुपैयाँ सम्म जरिवाना’ तोकिएको छ ।
नागरिकबाट

Logo