कालिकोट

१५ वर्षीया किशोरीलाई तीन दिन सम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जन बहादुर बमलाई पक्राउ गरेको छ । "/>

तीन दिन सम्म बन्धक बनाएर १५ वर्षीया किशोरीलाई बलात्कार

तीन दिन सम्म बन्धक बनाएर १५ वर्षीया किशोरीलाई बलात्कार

केन्द्रबिन्दु
0
Shares

कालिकोट

१५ वर्षीया किशोरीलाई तीन दिन सम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जन बहादुर बमलाई पक्राउ गरेको छ । २६ साउनमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बमले पीडितलाई १८ देखि २० साउन सम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको पीडितले प्रहरीलाई बयान दिएकी छन् ।

पीडितका बाबुले इन्सेक कालिकोटको सहयोगमा २५ साउनमा जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको र सोही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षण २५ साउनमा जिल्ला अस्पताल कालिकोटमा गरिएको थियो । बमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताए ।

‘पीडित किशोरीको उजुरीका आधारमा बमलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।’ जाहेरी लेख्ने र पीडित पक्षलाई समेत पीडक पक्षले कब्जामा लिएर जाहेरी दर्खास्त जिल्ला प्रहरी कार्यालयमा पुर्याउन नदिएको पीडित परिवारको भनाइ छ ।
राजधानीबाट

Logo