काठमाडौँ
हरेक वर्ष दाइजोकै कारण धेरै महिला शाररीक र मानसिक हिंसा सहन बाध्य छन् । नयाँ मुलुकी अपराध संहिता ऐनले यसरी दाइजो दिने वा लिनेलाई पाँच वर्ष कैद सजायँको व्यवस्था गरेको छ । "/>

अब दाइजो मागे पाँच वर्ष कैद वा ५० हजार जरिवाना हुने !

अब दाइजो मागे पाँच वर्ष कैद वा ५० हजार जरिवाना हुने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
हरेक वर्ष दाइजोकै कारण धेरै महिला शाररीक र मानसिक हिंसा सहन बाध्य छन् । नयाँ मुलुकी अपराध संहिता ऐनले यसरी दाइजो दिने वा लिनेलाई पाँच वर्ष कैद सजायँको व्यवस्था गरेको छ ।

दाइजो लिने वा दिने व्यक्तिलाई तीन वर्ष सम्म कैद वा तीस हजार रूपैंया सम्म जरिवाना वा दुवै सजायँ हुनेछ । ऐनको दफा १७४ को उपदफा १ मा आफ्नो परम्परा देखि चलिआएको सामान्य उपहार भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल–अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन नहुने उल्लेख छ ।

विवाह गरिसकेपछि पनि चल–अचल सम्पत्ति वा दाइजो माग गर्न वा ती नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले सताउने वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गरेमा पाँच वर्ष सम्म कैद वा पचास हजार रूपैंया सम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था ऐनमा छ।

त्यस्तै पुरुषले कान्छी पत्नी ल्याए उक्त विवाह स्वतः बदर हुनेछ । महिलाले पनि पहिलेको पतिसँग सम्बन्ध विच्छेद नगरी अर्को पुरुषसँग विवाह गरे उक्त विवाहले मान्यता नपाउने भएको छ ।मुलुकी देवानी (संहिता) ऐन २०७४ अनुसार पति पत्नीबीच वैवाहिक सम्बन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा र पति वा पत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा महिला पुरुष दुवैले पुनःविवाह गर्न सक्ने प्रावधान छ ।

बहुविवाह गर्ने पुरुष वा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गरेमा यसलाई अपराध ठहर्‍याएको छ । यस्तो कार्य गर्नेलाई एक वर्ष देखि पाँच वर्षसम्म कैद र दश हजार रूपैंया देखि पचास हजार रूपैंया सम्म जरिवाना तोकेको छ ।
अन्नपूर्णबाट

Logo