कपिलवस्तु

छोरी भगाएको निहुँमा केटी पक्षले केटाको घरमै सामुहिक आक्रमण गरी भौतिक सम्पत्ति क्षति गरेका छन् । "/>

छोरी भगाएको निहुँमा केटी पक्षद्वारा केटाको घरमा सामुहिक आक्रमण !

छोरी भगाएको निहुँमा केटी पक्षद्वारा केटाको घरमा सामुहिक आक्रमण !

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु

छोरी भगाएको निहुँमा केटी पक्षले केटाको घरमै सामुहिक आक्रमण गरी भौतिक सम्पत्ति क्षति गरेका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा ठूलो संख्यामा आएको जथ्थाले तोडफोड गरी भौतिक सम्पत्ति नोक्सान गरेका हुन् । घरेलु हातहतियार, लाठी सहित एकसय बढीको संख्यामा गएका व्यक्तिहरुले साहिलको घरभित्र पसी पम्पसेट, भाँडाकुँडा, खाद्यान्न लगायतका सामान तोडफोड र नोक्सान गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

घरभित्र राखेको डेहरी (माटोको भकारी) तोडफोड गरी धान, चामल लगायतका खाद्य सामग्री नोक्सान गरिदिएको प्रहरीले बताएको छ । समूहले नगद, सुन, चाँदी समेत लुटेको पीडितले जनाएका छन् । तोडफोडबाट झण्डै ३ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।

३ दिन अघि महाराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमान मन मिलेर भागेपछि केटी पक्षले यस्तो उदन्ड मच्चाएको प्रहरीले जनाएको छ । घरबाट भागेका केटा र केटी दुवै अहिले सम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
नेपाल समाचारपत्रबाट

Logo