काठमाडौं

नेपालमा हरेक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिला माथि बलात्कारको प्रयास हुने गरेको छ । "/>

चार वर्षमा ४ हजार ४ सय ४५ महिला बलात्कृत !

चार वर्षमा ४ हजार ४ सय ४५ महिला बलात्कृत !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा हरेक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिला माथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांक अनुसार प्रत्येक वर्ष एक हजार भन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ ।

बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांक अनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् । त्यसपछि १० वर्ष मुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धा समेत बलात्कारको सिकार भएका छन् ।

चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यसमध्ये १० देखि १६ वर्ष उमेरका बालिका १ हजार ३ सय १३ छन् । १० वर्षमुनिका ८ सय २० बालिका बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका ४ सय ५१ जना माथि बलात्कार भएको छ । चार वर्षमा बलात्कृत भएका १ हजार ५ सय १६ जना भने २० वर्ष माथिका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बलात्कारका घटना प्रत्येक वर्ष बढ्दै गएको बताए । ‘चार वर्षयताको तथ्यांक हेर्दा बलात्कारका घटना बढेकोबढ्यै देखिन्छ । 
नयाँ पत्रिकाबाट

Logo