काठमाडौं

सोमबारको घटना २०६८ मंसिर २ गतेपछिको त्रासद घटना हो। ०६८ मा ११ वर्षीय बालक शुभम साहको बाफलबाट अपहरण भएको थियो । "/>

२०६८ मंसिर पछिकै दर्दनाक घटना : अपहरण पछि ११ वर्षिय बालकको हत्या !

२०६८ मंसिर पछिकै दर्दनाक घटना : अपहरण पछि ११ वर्षिय बालकको हत्या !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सोमबारको घटना २०६८ मंसिर २ गतेपछिको त्रासद घटना हो। ०६८ मा ११ वर्षीय बालक शुभम साहको बाफलबाट अपहरण भएको थियो । अपहरणकारीले परिवारका सदस्यलाई फोन गरेर ५० लाख रूपैंया फिरौती मागेका थिए ।

फिरौती दिनु अगावै साह चिच्याएर कराएको भन्दै अपहरणकारीले हत्या गरेका थिए । साहको शव सीता यातायातको काउन्टरबाट सुटकेसमा राखिएको अवस्थामा बरामद भएको थियो ।

२०६३ भदौमा अर्का ८ वर्षीय बालक विवेक शर्मा लुइँटेलको हत्या भएको थियो । कोटेश्वरबाट अपहृत लुइँटेलको रिहाइका लागि अपहरणकारीले लुइँटेलका परिवारसँग २० लाख रूपैंया मागे पनि समयमा फिरौती नदिएको भन्दै हत्या गरी धोबीखोला किनारमा शव बोरा भित्र राखी फालेर हिंडेका थिए ।

२०७३ फागुन ५ मा न्यूरोडका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गर्ने गिरोहले पोल खुल्ने डरमा आफ्नै समूहकी राधिका श्रेष्ठको हत्या गरेका थिए । अग्रवाललाई भने प्रहरीले सकुशल रिहा गरेको थियो ।

२०७४ साउन ५ मा पाँच वर्षीय बालक विशाल चौधरी क्षेत्रपाटीस्थित स्कुलको गेटबाटै अपहरणमा परेका थिए । ५० लाख फिरौती दिए बच्चा छाडिदिने भन्दै अपहरणकारीले धम्क्याए पनि परिवारले प्रहरीको सहयोगमा चौधरीलाई सकुशल रिहा गर्न सफल भएको थियो । चौधरी परिवारको प्रहरीसँगको निकट समन्वय देखेपछि अपहरणकारी चौधरीलाई छाडेर भागेका थिए ।

२०६६ जेठ २२ मा जुविलियन्ट कलेज एन्ड रिसर्च सेन्टरमा अध्ययनरत ख्याती श्रेष्ठलाई उनकै विज्ञान विषयका शिक्षक वीरेन श्रेष्ठले अपहरण गरी हत्या गरेका थिए । उक्त घटना निकै क्रुर र अमानवीय थियो । वीरेनले ख्यातीको हत्या गरी शव टुक्राटुक्रा पारेर फालेका थिए ।
अन्नपूर्णबाट

Logo