चौतारा

काठमाडौको काँडाघारीबाट आइतबार अपहरणमा गरी हत्या गरिएका ११ वर्षीय निशान खड्काको गाउँमा रुवाबासी चलेको छ । "/>

परिवारका एक्ला छोरा निशानको पीडादायी वियोगले गाउँमा रुवाबासी

परिवारका एक्ला छोरा निशानको पीडादायी वियोगले गाउँमा रुवाबासी

केन्द्रबिन्दु
0
Shares

चौतारा

काठमाडौको काँडाघारीबाट आइतबार अपहरणमा गरी हत्या गरिएका ११ वर्षीय निशान खड्काको गाउँमा रुवाबासी चलेको छ । सामाजिक सञ्जालबाट निशान हत्याको जानकारी पाएपछि मेलम्ची नगरपालिका–९, दोबाटे रातमाटास्थित परिवार र आफन्तजन शोकमा डुबेका हुन् ।

सामान्य आर्थिक अवस्थाका माहिला छोरा गणेशका एक मात्र छोराको खबरले ७२ वर्षीय हजुरबुबा दुर्गाबहादुर सोमबार साँझ सम्म पनि होसमा आउन सकेका छैनन् । ‘फेसबुकबाट निशानको हत्या भएको खबर पाए देखि नै ससुरा अर्धचेत अवस्थामा हुनुहुन्छ’, निशानकी कान्छी काकी मुना खड्काले रुन्चे स्वरमा टेलिफोनमा भनिन्, ‘खबर पाए देखि नै घरमा कसैको आँखा ओभानो छैन ।’

निशान गाउँ आएका बेला सँगै खेलेका ठुलो बुबा र कान्छोबुवाका छोराछोरी समेत निशानको पीडादायी वियोगमा शोकाकुल रहेको स्थानीय शिक्षक जनक अधिकारीले बताए ।। ‘चमेलीको छोराको हत्या भएको भनेर फेसबुकमा आको छ भनेर गाउँमा हल्ला भयो पछि फोटो हेर्दा हो रहेछ’, मुनाले भनिन्, ‘बिनाकारण निर्दोष बालकको ज्यान गयो ।’

उता रातमाटास्थित निशानको परिवारमा अहिले हजुरबुबा, निशानका ठुलोबा, ठुलीआमा र काकी मुनाका साथमा उनीहरुका छोराछोरी छन् । निशानको हजुरआमाको ०७२ सालमै मृत्यु भइसकेको छ । मलेशिया रहेका गणेश फागुनमा ४० दिनको छुट्टीमा आएर चैत १३ गते मेलेशिया उडेका थिए । मुनाका श्रीमान गुणबहादुर दाजु गणेशसँगै मलेशियामा छन् । ‘मैले श्रीमानलाई फोन गर्दा सम्म पनि मलेशियामा जेठाजुलाई थाहा रहेनछ’, मुनाले भनिन्, ‘उहाँले थाहा पाउनु भएको रहेछ, तर कसरी दाइलाइ भन्ने भन्नु हुँदै थियो ।’

निशान गणेश चमेली दम्पतीका एक्लो छोरा हुन् । उनका १६ र १४ वर्षका दुई दिदी छन् । दसैंपछि बैशाखको छुट्टीमा अन्तिम पटक गाउँ आएका निशान चकचके र चन्चले स्वभावको भएको मुनाले बताइन् ।
अन्नपूर्णबाट

Logo