खोटाङ

डेढ महिना अघि देखि बेपत्ता खोटाङका दुई बालिका अझै फेला पर्न सकेका छैनन् । गत असार ३ गते बाट अचानक घर छोडी हिँडेका खोटेहाङ गाउँपालिका–८ सिम्पानी कात्तिकेकी १३ वर्षीया अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्षिया कृष्णकुमारी तामाङ अझै फेला पर्न नसकेको हो । "/>

डेढ महिना देखि बेपत्ता दुई बालिका अझै फेला परेनन्

डेढ महिना देखि बेपत्ता दुई बालिका अझै फेला परेनन्

केन्द्रबिन्दु
0
Shares

खोटाङ

डेढ महिना अघि देखि बेपत्ता खोटाङका दुई बालिका अझै फेला पर्न सकेका छैनन् । गत असार ३ गते बाट अचानक घर छोडी हिँडेका खोटेहाङ गाउँपालिका–८ सिम्पानी कात्तिकेकी १३ वर्षीया अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्षिया कृष्णकुमारी तामाङ अझै फेला पर्न नसकेको हो ।

कक्षा तीनमा अध्ययनरत अनिता र कक्षा पाँचमा अध्ययनरत कृष्णको खोजीमा परिवार, आफन्त, छरछिमेक, प्रहरी जुटे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । परिवारले दुर्इ बालिका हराएको ६ दिनपछि अर्थात असार ८ गते प्रहरीमा निवेदन दिएको थियो ।

दुवै बालिकाको हुलिया जारी गरी ब्यापक खोजतलास गरिरहे पनि हालसम्म फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक चन्द्रकुमार राजबंशीले बताए ।
खोजी कार्य जारी राखिए पनि बालिकाद्वय सम्पर्कमा नआउदा परिवार चिन्तित बनेको छ । उनीहरुलाई कसैले ललाईफकाई कतै लगेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदिप राई चार दिन देखि सम्पर्कबिहिन बनेका छन् । गत सोमबार घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरुलाई मावला जाने भनी घर छोडेर हिडेका कान्छा छोरा हालसम्म कतै फेला नपरेको आमा चित्रकुमारी राईले बताएकी छिन् । सोझो र प्रष्ट मुख नलाग्ने प्रदिपले मावल खाल्ले हुँदै टेम्मा जान्छु भनेर साथीहरुलाई बताएका थिए । तर खाल्ले र टेम्मामा नभएको आमा चित्रकुमारीको भनाई छ ।

खोजी गर्दा नभेटिएपछि असार १६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा खोजीका लागि निवेदन दिइएको परिवारले जनाएको छ । बालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलले बताएको छ ।
नेपाल समाचारपत्रबाट

Logo